free website hit counter

हिमालयन लाइफको संस्थापक शेयर बिक्रिमा

beemaadmin
२०८० श्रावण ३, बुधबार

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रि गर्ने भएको छ । कम्पनीले साविक गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाममा रहेको ५१ हजार ४५० कित्ता संस्थापक शेयर बिक्रि गर्न लागेको हो । कम्पनीले बिक्रि गर्न लागेको उक्त शेयरको न्यूनतम मूल्य ३१० रुपैयाँ तोकेको छ । उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले सूचना जारी भएको ३५ दिनभित्र कम्पनीमा लिखित रुपमा जानकारी गराउन कम्पनीले अनुरोध गरेको छ । कम्पनीले तोकेको समयभित्र संस्थापक शेयरधनीहरुबाट कुनै लिखित प्रस्ताव नआएको अवस्थामा अन्य खरिदकर्तालाई उक्त शेयर बिक्रि गरिने कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार