free website hit counter

हिमालयन लाइफद्वारा सुवेदी परिवारलाई बीमा दाबी भुक्तानी

beemaadmin
२०८० भाद्र ७, बिहीबार

काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीको पोखरा सभागृह शाखाले मृतक बीमितको परिवारलाई बीमा दाबीबापतको रकम हस्तान्तरण गरेको हो। कम्पनीले एक समारोहका बीच स्वर्गीय बीमित सुविन सुवेदीकी श्रीमती मञ्जु ढकाललाई बीमाबापतको १३ लाख रुपैयाँ भुक्तानी गरेको हो। पोखरा सभागृह शाखाका वरिष्ठ मार्केटिङ अधिकृत श्यामप्रसाद तिमिल्सेनाले ढकाललाई १३ लाख रुपैयाँबराबरको चेक हस्तान्तरण गरेका हुन्। वैदेशिक रोजगारको सिलसिलामा रहेका बीमित सुवेदीको जापानमा बिरामीका कारण मृत्यु भएको थियो। उनले हिमालयन लाइफबाट वैदेशिक रोजगार म्यादी बीमा गराएका थिए। दाबी भुक्तानी कार्यक्रममा कम्पनीका सिनियर एजेन्सी म्यानेजर कृष्णबहादुर भट्टराई, लक्ष्मण भट्टराई र एजेन्सी म्यानेजर विनिता सुवेदी भण्डारी, यामनारायण पौडेल लगायत स्थानीयको सहभागिता थियो।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार