free website hit counter

हिमालयन लाइफले गऱ्यो खत्री परिवारलाई मृत्यु दाबी भुक्तानी

beemaadmin
२०८१ बैशाख १७, सोमबार

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड प्यूठानले मृत्यु दाबी भुक्तानी गरेको छ । शनिबार हिमालयनले माण्डवी गाउँपालिका ३ नयाँगाउँका डोर बहादुर खत्री क्षेत्रीको घरमै पुगि मृतकप्रति शोक व्यक्त गर्दै मृत्यु दाबी बापतको रकम १० लाख ३६ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो । लुम्बिनी प्रदेश उपप्रमुख मोहनलाल कुवँरको प्रमुख आतिथ्यतामा मृत्यु दाबी भुक्तानी गरिएको शाखा प्रमुख के।सीको भनाई छ । साबिकको यूनियन लाइफ इन्स्योरेन्स कम्पनीमा १० लाखको जीवन बीमा गरेका के।सीले १ किस्ता मात्र बीमा शुल्क बुझाएका थिए । कार्यक्रममा कम्पनीका एमडिआरटि मिन बहादुर गहतराज, एमडीआरटि रिखिराम रावत, जनप्रतिनिधि, स्थानीयवासी लगायतको सहभागिता थियो । कार्यक्रममा हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना बिमितहरू लाई पनि कार्यालय बाट सरल, सहज तरिका बाट सेवा प्रवाह गर्दै छ ।

सम्बन्धित समाचार