free website hit counter

हिमालयन लाइफ इन्स्योरेन्सको नाफा ४३ करोड

beemaadmin
२०८१ बैशाख २६, बुधबार

काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४३ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीले ४७ करोड ३२ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो । कम्पनीले समीक्षा अवधिसम्म १२ अर्ब २ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको ११ अर्ब ९ करोडको तुलनामा ८।४० प्रतिशतले धेरै हो । कम्पनीको अन्य प्रत्यक्ष आम्दानी ६ करोड ३६ लाख ,लगानी तथा कर्जा आम्दानी ४ अर्ब १२ करोड ६३ लाख र बीमितलाई प्रदान गरिएको कर्जाबाट ४८ करोड २६ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । यस्तै कम्पनीको अन्य आम्दानी ६ लाख ५२ हजार रुपैयाँ रहेको छ । कम्पनीको कुल आम्दानी १६ अर्ब ६९ करोड रुपैयाँ रहेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको ४ अर्ब ५६ करोड रुपैयाँबराबरको खुद दाबी भुक्तानी गरेको छ । कम्पनीले गरेको दाबी भुक्तानी अघिल्लो आवको सोहि अवधिकाु तुलनामा ६।४८ प्रतिशतले धेरै हो । तेस्रो त्रैमाससम्म कम्पनीले १६ अर्ब २६ करोड रुपैयाँबराबरको कुल खर्च गरेको छ । कम्पनीको महाविपत्ती कोषको आकार ४१ करोड ६२ लाख र रिटेन्ड अर्निङ १ अर्ब ३२ करोड ९२ लाख रुपैयाँबराबर रहेको छ । कम्पनीको चुक्तापूँजी ८ अर्ब २ करोड रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ईपीएस घटेको छ । कम्पनीको ईपीएस ८.१७ रुपैयाँबाट घटेर ७.२४ रुपैयाँ कायम भएको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १२४.२५ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ९४९.०४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५४.६४ गुणा कायम भएको छ ।

सम्बन्धित समाचार