free website hit counter

हिल्टन होटलको ५ अर्बको बीमा दाबी

beemaadmin
२०८२ भाद्र ३१, मंगलवार

काठमाडौं । बीमालाई जोखिम हस्तान्तरण गरेर व्यापार व्यवसाय गर्नेहरु जस्तो सुकै विपदमा पनि सुरक्षित हुने गर्दछन् । अहिलेको युवा विद्रोहमा अरवौंको क्षति भयो तर जसले बीमा गरेका छन् उीहरुको सम्पत्ति सुरक्षित छ तर बीमा नगर्नेहरुको सम्पत्ति खरानी बनेको छ । जेनजी आन्दोलनको क्रममा हिल्टनमा होटलमा आगजनीको कारण ठुलो क्षति भएको छ । करिब ८ अर्बमा बनेको हिल्टन होटलले दि ओरिएन्टल इन्स्योरेन्समा बीमा गरेको थियो । हिल्टन होटलको पाँच अर्बको बीमा गरिएको र सो बीमाको दावी भारतीय बीमा कम्पनी दि ओरिएन्टलमा पर्ने भएको छ । ओरिएण्टलका प्रवक्ता मान बहादुर ढकालले हिल्टन होटलको आर्थिक क्षतिको मूल्याङ्कन रिपोर्ट भने आउन बाँकी रहेको बताएका छन् । हिल्टन होटलको क्षतिको भ्यालुएसनको लागि सर्भेयरहरुले काम सुरु गरिसकेका छन्। रिपोर्ट आएपछि दावीको प्रक्रिया सुरु हुन्छ । उनले भने, होटलको बीमा ओरिएन्टल इन्स्योरेन्समार्फत गरिएको भएपनि पुनर्बीमा नेपाल रि इन्स्योरेन्सले पनि क्षति बेहोर्नुपर्छ । २०७३ सालमा निर्माण थालिएको होटलमा १४५ कोठा, व्याङ्क्वेट हल, स्पा, जिम, रेस्टुरेन्ट, स्विमिङ पुलसहितका सुविधा थिए। प्रारम्भिक अनुमान साढे तीन अर्बको भएपनि लागत बढ्दै गएर ८ अर्ब रुपैयाँ पुगेको थियो। तर, आगजनीले सम्पूर्ण संरचना ध्वस्त भएको छ । १० रोपनी क्षेत्रफलमा फैलिएको ११ तले होटलमा तीन तला बेसमेन्ट पार्किङ सुविधा थियो । अहिले आगलागीपछि सञ्चालन असम्भव बनेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार