काठमाडौं । हुण्डाइको नयाँ ईलेक्ट्रिक कार ‘आयनिक ईलेक्ट्रिक २०२०’ नेपालमा लन्च भएको छ । नेपालका लागि आधिकारिक डिलर लक्ष्मी इन्टरनेशनलले आयनिक ईलेक्ट्रिक २०२० को लन्च गरेको हो । हुण्डाइ आयनिकको यो नवीनतम भर्जन अझ उत्कृष्ठ पावर र विशेषताका साथ आएको छ । यो नयाँ ईलेक्ट्रिक प्रिमियम सेडानले ईलेक्ट्रिक गाडीको जगतमै नयाँ आयाम रच्ने छ । यसको अत्याधुनिक प्रविधिले तपाईंको राइडलाई पावरफूल, आरामदायी, सुरक्षित र झनझट मुक्त बनाउँछ ।
ब्याट्रीको पावर उच्च रहेको र अधिकतम स्पीड भएकाले बिना झनझट लामो दुरीको यात्राको लागि उत्कृष्ट बनाउँछ र यसको ड्राइभिङ रेन्ज ३११ कि.मी. छ । यो पूर्ण ईलेक्ट्रिक मोबिलिटीले पार्टहरु हल्लिन कम गर्ने भएकोले गाडी कुनै आवाज बीना आरामले गुड्ने कम्पनीले जनाएको छ ।
नयाँ आयनिक ईलेक्ट्रिक २०२० मा प्याडल सिफ्ट गर्न मिल्ने सुविधा छ, जसले रिजेनेरेटिभ ब्रेकिङमा चार लेबलको नियन्त्रण प्रदान गर्दछ र यसले चालकलाई सिस्टमको डिफल्ट इको ड्राइभिङको र तीव्र प्रदर्शनको लागि फुल पावर प्रदान गर्ने कम्पनीले जनाएको छ । आयनिक ईलेक्ट्रिक २०२०’ को साथ ग्राहकले अब ईलेक्ट्रीक गाडी किन्दा लुक्समा सम्झौता गर्नु पर्दैन किनकि यसमा एलईडी डीआरएल र हेडल्याम्प, स्मार्ट ईलेक्ट्रिक सनरुफ र नयाँ आइकोनिक ग्रील छ ।
यसमा विभिन्न आरामदायी र सहुलियतका विशेषताहरु छन्, जस्तै कि ८ इन्चको फ्लोटिङ्ग टच स्क्रीन, हिटेड र भेन्टिलेटेड सिटहरु, ड्राइभ मोड सेलेक्ट, वायरलेस फोन चार्जर इत्यादि । यसै गरी यी गाडीहरु ७–एयर ब्याग सिस्टम, हिल एसिस्ट कन्ट्रोल, एन्टी–लक ब्रेकिङ्ग सिस्टम, ईलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, रियर पार्किङ्ग क्यामरा र सेन्सरहरु जस्ता सुरक्षावद्र्धक विशेषताहरुले भरिपूर्ण छ ।
उच्च प्रभावकारिता र वातावरण मैत्री सवारी–साधन उत्पादन गर्ने आफ्नो प्रतिबद्धतालाई हुण्डाइले ‘आयनिक ईलेक्ट्रिक २०२०’को साथ पूरा गर्दै उल्लेखनीय फड्को मारेको दाबी गरेको छ ।