free website hit counter

होटलमा बालाएर प्रेमीको लिंगमा छुरा, लगाइयो १०टाँका

beemaadmin
२०७८ भाद्र २५, शुक्रबार

काठमाडौं । प्रेममा हुने अपराध र धोकाका घटना डरलाग्दा हुने गरेका छन् । प्रेमी प्रेमिकाबीचको मनमुटावले ज्यानै लिनेसम्मका अपराध भएका छन् । नेपाल प्रहरीमा कार्यरत एक जवानले प्रेम धोका दिएको भन्दै प्रेमिकाले लिङ्गामा धारिलो हतियार प्रयोग गरी घाईते बनाइएकी छिन् । विराटनगरको एक होटलमा प्रेमिकाले प्रेमीको लिङ्ग काटिदिएकी हुन् । मोरङ प्रहरी कार्यालयका अनुसार विराटनगर–१५ रानीस्थित होटल मकालुमा प्रेमीकाले बोलाएर प्रेमीको लिंग काटिदिएकी हुन् ।
यो घट्ना साउन २७ को भएपनि युवक पक्राउ परेपछि मात्रै लिङ्ग काटिएको खुलेको थियो । सुनसरी घर भई विराटनगरमा डेरा गरी बस्दै आएकी २८ वर्षीय प्रेमिकाले २७ वर्षीय प्रेमीको लिङ्ग काटिदिएपछि प्रेमीकालाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी परेको मोरङ प्रहरी कार्यालयका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए । उनका अनुसार दुवैको नाम भने गोप्य राखिएको छ । ‘पहिला प्रेमीलाई होटलमा बोलाएको देखिन्छ, त्यसपछि त्यहाँ विवाद भएपछि प्रेमीको लिंगमा धारिलो हतियार प्रयोग भएको खुलेको छ अहिले प्रेमिकाको उजुरीमा उनलाई प्रक्राउ गरिएको छ’, डिएसपी श्रेष्ठले भने । प्रेमिकाले प्रेमीको लिङ्ग कैंचीले काटिदिएको डिएसपी श्रेष्ठले बताए ।
विराटनगरमा बस्दै आएकी ती युवती नेपाल प्रहरीमा कार्यरत युवकसँग प्रेम सम्बन्ध भएपनि उनले विवाह गर्न आनाकानी गरेको र त्यसपछि अर्कै केटीसँग विवाह गर्ने तयारी गरेपछि उनीहरुबीच खटपट भएको थियो । प्रहरीका अनुसार प्रेमिकाले अन्तिम पटक भेटौ भनेपछि उनीहरु मकालु होटलमा भेट भएका थिए । युवकको काटिएको लिङ्गको थप उपचारका लागि कोसीले नोबेल शिक्षण अस्पतालमा रेफर गरेको थियो । युवकको लिङ्गमा १० टाँका लगाएपछि लिङ्ग जोडिएको थियो । सो घटनामा भएको २÷३ दिनपछि युवतीले प्रेमीविरुद्ध इलाका प्रहरी कार्यालय रानीमा उजुरी दिएकी थिइन । युवक त्यही कार्यरत रहेकाले पक्राउ गरि अनुसन्धान शुरु गरिएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार