free website hit counter

होली मनाएर सुनकोशीमा पौडी खेल्न गएका ३ बालबालिका बेपत्ता

beemaadmin
२०८० चैत्र १२, सोमबार

काठमाडौं । पर्व मनाउने नाममा नियन्त्रण गुमाइयो भने ज्यान पनि जान सक्छ । होली मनाएर सुनकोशी नदीमा पौडी खेल्न गएका ३ जना बालबालिका बेपत्ता भएका छन् । बेपत्ता हुनेमा त्रियुगा नगरपालिका–१४ का ८ वर्षीय चोकलचन्द्र मगर, ७ वर्षीय रिदम मगर र ११ वर्षीया रेखा मगर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी रमेश थापाले जानकारी दिएका छन् । उनीहरू त्रियुगा नगरपालिका–१४ धाप्लाङ भन्ने ठाउँबाट बेपत्ता भएका हुन् । होली खेलेपछि पौडी खेल्न भन्दै उनीहरू सुनकोशी नदीमा पुगेका थिए । बेपत्ताहरूको खोजी सुरु गरिएको एसपी थापाले बताए । अहिले सशस्त्र प्रहरीको टोलीसमेत परिचालन गरिएको छ । उनीहरूसँगै गएका अन्य ४ बालबालिका भने घर फर्किसकेका छन् ।

सम्बन्धित समाचार