free website hit counter

ह्वात्तै घट्यो सुनको मुल्य

beemaadmin
२०७९ बैशाख ७, बुधबार

काठमाण्डौ । नेपाली बजारमा बुधबार सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ एकैदिन तोलामा १ हजार ५०० रुपैयाँले घटेको छ। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १०० रुपैयाँ कायम भएको छ।
हिजो मंगलबार सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको थियो। यो दिन फाइन गोल्ड १ लाख २ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले घटेर १ हजार ३८५ रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार ४२० रुपैयाँमा किनबेच भएको थियो।

सम्बन्धित समाचार

पाल्पा सिमेन्टको आईपीओ भयो बाँडफाँट

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार

नेपाल पुनर्बीमाबाट युनाइटेड अजोड बाहिरिँदै

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार