free website hit counter

१०० माथिका भारू पनि नेपालमा चल्ने

beemaadmin
२०८२ मंसिर १९, शुक्रबार

काठमाडौं । भारतको केन्द्रीय बैंकले नेपाली र भारतीयलाई १०० भन्दा ठूला भारतीय नोट बोक्न सक्ने कानुनी व्यवस्था गरेको छ । भारतीय राजपत्रमा विदेशी विनिमय व्यवस्थापन विदेशी मुद्रा निर्यात तथा आयात नियमावली, २०१५ संशोधन गर्दै भारतीय रिजर्भ बैंकले यस्तो सुविधा दिएको हो । राजपत्रको यो सूचनासँगै अब भारतमा जाने नेपालीले २०० र ५०० दरका नोट पनि साथमा बोक्न पाउने कानुनी बाटो खुला भएको छ । यसअघि सन् २०१६ मा भारतमा डिमनिटाइजेसन भएपछि दुई देशबीच आवातजावत गर्दा १०० भन्दा ठूला दरका भारतीय नोट बोक्नु गैरकानुनी थियो । भारतले यो व्यवस्था गरेको भए पनि नेपालमा भने अहिले नै यो कानुनी भने भइसकेको छैन । नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरु प्रसाद पौडेलले भारतले यो व्यवस्था संशोधन गरिसकेकाले नेपालमा पनि छिट्टै यसले कानुनी मान्यता पाउने बताएका छन् । दुई केन्द्रीय बैंकको एकीकृत प्रणालमा यसको आधिकारिक जानकारी आएपछि नेपालले पनि हाल विद्यमान रहेको नियमावली संशोधन गरेर राजपत्रमा प्रकाशित गर्नेछ । सोही राजपत्रको आधारमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा परिपत्र जारी गरेपछि औपचारिकता प्राप्त हुने पौडेलको भनाइ छ । कहिलेसम्म यो प्रक्रिया टुंगिन्छ र कहिलेदेखि ठूला नोटमाथिको प्रतिबन्ध फुकुवा हुन्छ ?भन्ने प्रश्नमा पौडेलले ठूला नोट प्रतिबन्ध फुकुवा नेपालले पनि माग गर्दै आएको विषय भएकाले अब छिट्टै नियमावली संशोधन सकेर औपचारिकता पूरा गरिने उनले बताए । रबीआईले विदेशी मुद्रा व्यवस्थापन मुद्रा निर्यात र आयात नियमावली, २०१५ लाई संशोधन गर्दै यो नयाँ व्यवस्था गरेको हो । यो सूचना प्रकाशित भएसँगै सन् २०१६ को नोटबन्दी पछि नेपालमा प्रतिबन्धित ठूला भारतीय नोटहरू दुईदेशको यात्राका क्रममा बोक्न कानुनी रूपमा नै पाइने भएको छ । भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया आरबीआईको सूचना अनुसार अब २५ हजार भारतीय रुपैयाँसम्मका ती नोट साथमा राख्न र बोक्न मिल्नेछ । यो सुविधा पाकिस्तान र बंगलादेशबाहेक देशका नागरिकलाई मात्र मिल्नेछ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार