free website hit counter

१०० विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफको ६ लाख सहयोग

beemaadmin
२०८३ जेष्ठ २८, बिहीबार

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत १०० जना विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रियाका लागि आर्थिक सहयोग प्रदान गरेको छ।

कम्पनीले माट्रिका आइ सेन्टरसँग सहकार्य गर्दै धनुषा र महोत्तरी जिल्लाका आर्थिक अभावका कारण उपचारबाट वञ्चित मोतिबिन्दु पीडित नागरिकको निःशुल्क शल्यक्रिया कार्यक्रमका लागि ६ लाख रुपैयाँ सहयोग गरेको जनाएको छ।

उक्त सहयोगबाट ग्रामीण क्षेत्रमा रहेका १०० जना मोतिबिन्दुका बिरामी प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको कम्पनीले जनाएको छ।

माट्रिका आइ सेन्टरले विगतदेखि नै देशका विभिन्न जिल्लामा आँखा सम्बन्धी स्वास्थ्य सेवा, मोतिबिन्दु पहिचान तथा निःशुल्क शल्यक्रिया कार्यक्रम सञ्चालन गर्दै आएको छ। सेन्टरको अनुभव र विशेषज्ञतासँग आईएमई लाइफको सामाजिक प्रतिबद्धता जोडिँदा समुदायमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।

आईएमई लाइफ इन्स्योरेन्सका उपकार्यकारी प्रमुख खिलेन्द्र पौडेलले कम्पनीले स्वास्थ्य, शिक्षा तथा समुदाय विकासका क्षेत्रमा निरन्तर योगदान गर्दै आएको उल्लेख गर्दै यस सहकार्यले आर्थिक अभावका कारण दृष्टि गुमाउने जोखिममा रहेका नागरिकलाई नयाँ आशा प्रदान गर्ने बताए।

त्यसैगरी, माट्रिका आइ सेन्टरका अध्यक्ष सूरज श्रेष्ठले आईएमई लाइफको सहयोगप्रति आभार व्यक्त गर्दै कार्यक्रमले ग्रामीण क्षेत्रका सयौँ विपन्न परिवारको जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

‘इन्स्योरिङ फ्युचर’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै आएको आईएमई लाइफले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता तथा समुदाय उत्थानका क्षेत्रमा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

सम्बन्धित समाचार

बीमा रकम हत्याउन चोरीको नाटक

beemaadmin
२०८३ जेष्ठ २८, बिहीबार

आईएमई लाइफको रेटिङमा स्तरोन्नति

beemaadmin
२०८३ जेष्ठ २८, बिहीबार

मध्यपूर्वमा फेरि तनाव चुलियो

beemaadmin
२०८३ जेष्ठ २८, बिहीबार