free website hit counter

१० अर्बको लगानीमा नयाँ पुनर्बीमा कम्पनी आउँदै, संस्थापक शेयरधनीकाे खाेजी

beemaadmin
२०७७ मंसिर १८, बिहीबार

काठमाडौं । बीमा कम्पनीहरुको वृद्धि र बीमा व्यवसायमा देखिएको सफलतासँगै नयाँ पुनर्बीमा कम्पनी स्थापनाको प्रक्रिया शुरु भएको छ ।

गैरआवाशीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, उनका भाइ डा. विरेन्द्र महतो र व्यवसायिक घराना शंकर ग्रुपका कार्यकारी अध्यक्ष शाहिल अग्रवालको नेतृत्वमा नयाँ कम्पनी स्थापनाको गृहकार्य अघि बढेको स्रोतको दाबी छ ।

कम्पनी स्थापनाको लागि नेपाली बीमा कम्पनीहरुलाई पनि संस्थापक सेयरधनी बनाउन सबै बीमा कम्पनीहरुमा ‘अफर लेटर’ पठाउन शुरु भइसकेको छ । प्रस्तावित कम्पनीमा संस्थापक सेयर कति हाल्न सक्ने हो भनेर पठाइएको अफर लेटरका बारेमा बीमा कम्पनीहरुका संचालक समिति (बोर्ड) मा छलफल भएको बताइन्छ ।

कम्पनी १० अर्ब रुपैयाँ चुक्ता पुँजी राखेर स्थापना गर्न लागिएको छ । कम्पनीको नाम अन्नपूर्ण रिइन्स्योरेन्स लिमिटेड प्रस्ताव गरिएको छ । चुक्ता पुँजी १० अर्ब रुपैयाँमध्ये ७ अर्ब ५० करोड रुपैयाँ संस्थापकको २ अर्ब ५० करोड रुपैयाँ सर्वसाधारणको सेयर हिस्सा रहने प्रस्ताव गरिएको छ । कम्पनीमा प्रमोटरको ७५ प्रतिशत र सर्वसाधारणको २५ प्रतिशत सेयर हिस्सा प्रस्ताव गरिएको हो ।

नयाँ कम्पनीमा सरकारी स्वामित्वका निकायहरु नागरिक लगानी कोष, कर्मचारी संचयकोष जस्ता कम्पनी तथा निकायले पनि सेयर हाल्ने गरी छलफल चलिरहेको छ । सरकारी निकाय र कम्पनीहरुले १ अर्ब रुपैयाँ, जीवन र निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब, बीमा कम्पनीका प्रवद्र्धकहरुले १ अर्ब, बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब व्यवसायिक घरानाले २ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने प्रस्ताव गरिएको छ ।

सम्बन्धित समाचार

beemaadmin
२०८१ बैशाख २७, बिहीबार