free website hit counter

१० करोड लगानीमा नगरपालिकाको आफ्नै भवन

beemaadmin
२०७६ मंसिर १४, शनिबार

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका आगामी सोमबारबाट आफ्नै भवनमा सर्ने भएको छ । नगरपालिकाका प्रवक्ता नवराज भट्टराइका अनुसार नवनिर्मित भवनको सबै तयारी पूरा भइसकेको र आगामी सोमबार उद्घाटन हुनेछ । अहिलेको कार्यालयभन्दा केही अगाडि २४ रोपनी जग्गामा बनेको उक्त प्रशासकीय भवन करिब १० करोड लगानीमा निर्माण भएको बताइएको छ ।

उक्त भवनको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलबाट मङ्सिर १६ गते बिहान ८ः३० बजे हुने भवन उद्घाटन हुने कार्यक्रम रहेको प्रवक्ता भट्टराईले जानकारी दिए । प्रवक्ता भट्टराईका अनुसार कार्यक्रमको तयारीका लागि बिभिन्न समितिहरुमार्फत् काम अगाडि बढाइएको छ । नगरपालिकाको स्थापना दिवसको अवसर पारेर भवन उद्घाटन कार्यक्रम राखिएको हो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार