एजेन्सी । जमाना फेरिएको छ । आजकलका बच्चा युट्युब र इन्टरनेटको दुरुपयोगले विकृतिमा भाँसिएका छन् । आफ्ना १० वर्षका ब्वाइफ्रेण्डबाट आफू गर्भवती भएको दावी गर्ने रुसकी १३ वर्षकी एक बालिकालाई स्कुलबाट निकालिएको छ ।
आफूलाई स्कुलमा प्रतिबन्ध लगाइएसँगै ती बासलकाले बच्चाले आफ्नो जीवन तहसनहस पारेको बताएकी छिन् । डार्या सुद्निश्निकोभा नामकी यी बालिकाले आफ्ना करिब ७ लाख ५० हजार सामाजिक फलोअरहरुको बीचमा आफू गर्भवती भएको जानकारी साझा गरेर तरंग ल्याएकी थिइन् । उनले गएको अगष्टमा एमिलियालाई जन्म दिएकी थिइन् ।
उनले आफू आफ्ना १० वर्षका ब्वाइफ्रेण्ड इभानबाट गर्भवती भएको बताएपछि उनी अन्तर्राष्ट्रिय रुपमा चर्चामा आएकी थिइन् । तर, गर्भावस्थाकै क्रममा उनले आफ्नो त्यो दावी सत्य नभएको स्वीकार गरेकी थिइन् । उनले आफू १५ वर्षका किशोरबाट बलात्कृत भएको तर यो सत्य बताउन डराएपछि आफू र आफ्ना ब्वाइफ्रेण्ड मिलेर झुटो दावी गरेको बताएकी थिइन् ।
झेलेज्नोगोस्र्ककी यी बालिका अहिले आफ्ना सामाजिक संजाल फलोअरसँग आफूलाई आमा बनिसकेपछि कक्षामा फर्कन नदिइएको खुलासा गरेकी छिन् । उनका अनुसार उनका शिक्षकहरुले उनी गर्भावस्थाको समयमा आफ्नो पढाइमा निकै पछाडि छुटेको बताउँदै कक्षामा फर्कन नदिएका हुन् । अहिले १४ वर्षकी भएकी उनले आफ्ना कारण स्कुलको बदनामी हुन सक्ने भन्दै स्कुल प्रशासन चिन्तित रहेको समेत खुलासा गरेकी छिन् । डार्याका अनुसार स्कुलको यो कदमले आफ्नो स्कुल पूरा गरेर राम्रो काम गर्ने सपना तहसनहस पारिदिएको बताएकी छिन् ।