free website hit counter

१० वर्ष मुनिका ३ हजार ८८८ बालबालिकालाई कोरोना संक्रमण (कुन जिल्लामा कति ?)

beemaadmin
२०७७ कार्तिक ३, सोमबार

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितमध्ये १० वर्ष मुनिका तीन हजार ८ सयभन्दा बढी बालबालिकामा संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ लाख २९ हजार ३ सय ४ जना कोरोना संक्रमितमध्ये ३ हजार ८ सय ८८ जना बालबालिकामा कोरोना भाइरस संक्रमण देखिएको हो। तीमध्ये एक हजार ५ सय ७१ जना बालिका रहेका छन् भने २ हजार ३ सय १७ जना बालक रहेको मन्त्रालयले जनाएको छ।

सबैभन्दा बढी बाग्मती प्रदेशमा १ हजार ६ सय ८६ जना १० वर्ष मुनिका बालबालिका संक्रमित भएका छन्। त्यस्तै प्रदेश २ मा ४०१, प्रदेश ५ मा ४५४, कर्णाली प्रदेशमा १८३, प्रदेश १मा ३३५, सुदूरपश्चिम प्रदेशमा ६ सय ८७ जना र सबैभन्दा थोरै गण्डकी प्रदेशमा १४२ जना, बालबालिका संक्रमित भएको मन्त्रालयले जनाएको छ। ताप्लेजुङ, सोलुखुम्बु, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, रसुवा, मनाङ, मुस्ताङ गरी ९ जिल्लामा अहिलेसम्म १० वर्ष मुनिका बालबालिकामा संक्रमण देखिएको छैन।

१० वर्ष मुनिका संक्रमित बालबालिका, कुन जिल्लामा कति ?
संखुवासभामा २ बालक
ओखलढुंगा १ बालिका
खोटाङ २ बालिका १ बालक
भोजपुरमा १ बालिका
इलाम १ बालक
झापामा ६ बालिका र १३ बालक।
मोरङमा ८८ बालिका र ११९ बालक
सुनसरीमा ४७ बालिका र ५१ बालक
उदयपुरमा ३ बालिका

सप्तरीमा १७ बालिका र ४२ बालक
सिराहमा ३ बालिका र १३ बालक
धनुषामा १६ बालिका र ३७ बालक
महोत्तरीमा ९ बालिका ३० बालक
सर्लाहीमा २६ बालिका र ३२ बालक
रौतहटमा २८ बालिका र ४२ बालक
बारामा १७ बालिका र २० बालक
पर्सामा ३१ बालिका र ३८ बालक

दोलखा ७ बालिका र ३ बालक
सिन्धुपाल्चोकमा ४ बालिका र ३ बालक
धादिङमा ६ बालिका ८ बालक
नुवाकोटमा २ बालिका र ११ बालक
काठमाडौंमा ४५४ बालिका र ६९२ बालक
भक्तपुरमा ५६ बालिका र ९६ बालक
ललितपुरमा ६५ बालिका र १२२ बालक
काभ्रेपलान्चोकमा १८ बालिका र १९ बालक
रामेछाप २ बालक
सिन्धुलीमा ३ बालिका र २ बालक
मकवानपुरमा १८ बालिका र २८ बालक
चितवनमा १९ बालिका र ४८ बालक

गोरखामा १२ बालिका र ८ बालक
म्याग्दीमा १ बालिका २ बालक।
कास्कीमा १३ बालिका १४ बालक
लमजुङमा ५ बालिका र ७ बालक
तनहुँमा ११ बालिका र ८ बालक
नवलपरासी पूर्वमा १२ र बालिका २४ बालक
स्याङ्जामा ४ बालिका र ११ बालक
पर्वतमा ३ जना बाल।
बाग्लुङमा १ बालिका र ६ जना बालक।

रुकुम पुर्व १ बालक
रोल्पामा २ बालिका र १ बालक
प्युठानमा १२ बालिका र १२ बालक
गुल्मीमा ११ बालिका र १२ बालक
अर्घाखाँचीमा १० बालिका र १४ बालक
पाल्पामा १० बालिका र ९ बालक
नवलपरासी पश्चिममा ८ बालिका र १३ बालक
रुपन्देहीमा २३ बालिका र २७ बालक
कपिलवस्तुमा २३ बालिका र २७ बालक
दाङमा २१ बालिका र १४ बालक
बाँकेमा ३८ बालिका र ३६ बालक
बर्दियामा १३ बालिका र १७ बालक

डोल्पामा २ जना बालक
मुगुमा १ जना बालक
हुम्ला १ जना बालक
जुम्लामा २ बालिका र २ बालक
कालिकोटमा २ बालिका र ९ बालक
दैलेखमा १० बालिका र ४० बालक
जाजरकोटमा २ बालिका र १ बालक
रुकुम पश्चिममा ३ बालिका र २ जना बालक
सल्यानमा ५ बालिका र १३ बालक
सुर्खेतमा ४२ बालिका र ४६ बालक

बाजुरामा ३२ बालिका र ३२ बालक
बझाङमा ३१ बालिका र ५२ बालक
दार्चुला २ बालिका ३ बालक
बैतडीमा १० बालिका र ११ बालक
डडेल्धुरामा ६ बालिका र १६ बालक
डोटीमा ६२ बालिका र ८५ बालक
अछाममा ४१ बालिका र ७८ बालक
कैलालीमा ७१ बालिका र १०५ बालक
कञ्चनपुरमा २५ बालिका र २५ बालक
सिर्जना खत्री, स्वास्थ्य खबरबाट

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार