free website hit counter

११ सयभन्दा बढीलाई जापानमा कोरोना

beemaadmin
२०७६ फाल्गुन २४, शनिबार

टोकियो । जापानमा कोरोना भाईरसबाट संक्रमितहरुको संख्या ११ सय नाघेको छ । ३१ जना नयाँ कोरोना भाईरस संक्रमित फेला परेको यहाँको सार्वजनिक समाचार संस्था एनएचके टेलिभिजनले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अधिकारीहरुलाई उदृत गर्दै टेलिभिजनको अनलाईन संस्करणमा प्रकाशित समाचार अनुसार १२ जना संक्रमितले हालसम्म ज्यान गुमाएका छन् । संक्रमितको संख्या ११ सय ७ पुग्दा डाईमण्ड प्रिन्सेस पानी जहाँजमा भेटिएका संक्रमितहरु ७ सय ११ जना रहेका छन् ।

त्यस बाहेक जापानमा हालसम्म ३ सय ९६ जनामा कोरोना भाईरसको संक्रमण भेटिएको छ । यसैगरि संक्रमित मध्ये ५९ जनाको स्वास्थ्यमा सुधार आएको र त्यसमध्ये केही कोरोना भाईरस संक्रमण मुक्त भईसकेका छन् । अर्को समाचार संस्था जापानटाईम्सले उपचाररत २४ जना बिरामीको अवस्था चिन्ताजनक रहेको समाचार प्रकाशन गरेको छ । कोरोना संक्रमित २४ जना गम्भिर अवस्थामा रहेको र उनिहरुको स्वास्थ्य थप चिन्ताजनक बन्दै गएको बताईएको छ ।

जापानले कोरोना भाईरसको संक्रमण फैलन नदिन विद्यालय बन्द सहित सभा, समारोह एवं ठूला खेल, सांगितिक कार्यक्रम रोक्न निर्देशन दिएको छ । चिन र दक्षिण कोरियाली नागरिकलाई दिएको लाखौं भिषा रद्द गर्दै ति देशबाट आउने नागरिकमाथि १४ दिन क्वारेन्टाईनमा रहनुपर्ने नियम बनाएको छ । कोरोना भाईरस व्यापक बनेको ईरान तथा ईटली लगायत देशबाट आउने यात्रुमा कडाई सहित नयाँ भिषा बन्द गरेको जापानमा देशभित्रै रहेका संक्रमितहरुबाट थप संक्रमण भईरहेको ठानिएको छ । यसको लागि जापान सरकारले कोरोना भाईरसको संक्रमणजन्य रुखाखोकी, ज्वरो, घाँटी दुख्ने तथा स्वास फेर्न गाह्रो हुने लगायत संकेत देखिएमा तत्काल स्वास्थ्य परिक्षण गराउन सबैमा अनुरोध गर्दै आएको छ । जापान सरकारले कोरोना भाईरस लागे नलागेको स्वास्थ्य परिक्षण सहित उपचार समेत निशुल्क हुने घोषणा गरिसकेको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार