free website hit counter

११.९९ प्रतिशत निश्चित ब्याजदरमै गरिमाको घर कर्जा

beemaadmin
२०८० भाद्र १, शुक्रबार

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले हरेक नेपालीको ‘आफ्नै घर–आफ्नै व्यवसाय’को सपनालाई साकार पार्ने उद्देश्यसहित ११.९९ प्रतिशत ब्याजदरमा गरिमा सरल घर कर्जा र गरिमा सरल एसएमई आवधिक कर्जा सार्वजनिक गरेको छ। कर्जासम्बन्धी सम्पूर्ण कागजात पेस गरेको २ कार्यदिनभित्र स्वीकृत हुने गरिमा सरल घर कर्जा र गरिमा सरल एसएमर्ई कर्जाको ब्याज ७ वर्षसम्म निश्चित ११.९९ प्रतिशत रहने बैंकले जनाएको छ। ११.९९ प्रतिशतको निश्चित तथा आकर्षक ब्याजदरमा घर खरिद वा निर्माण गर्नका लागि गरिमा सरल घर कर्जा र व्यवसाय÷उद्यम सुरुआत वा विस्तार गर्ने प्रयोजनका लागि गरिमा सरल एसएमई आवधिक कर्जा सुविधा लिन इच्छुक ग्राहकले आफूलाई पायक पर्ने गरिमा विकास बैंकको शाखा कार्यालयमा सम्पर्क गर्न सकिनेछ।
हाल गरिमा विकास बैंकले देशभर १२१ शाखा कार्यलय, ५० एटीएम र डिजिटल बैंकिङमार्फत ग्राहकलाई अत्याधुनिक र गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार