free website hit counter

१२ प्रतिशत लाभांश साधारणसभाबाट पारित

beemaadmin
२०७६ पुष ८, मंगलवार

काठमाडौं । प्रस्तावित १२ प्रतिशत लाभांश पारित गर्दै नेपाल बङ्गलादेश बैंकको २५औं वार्षिक साधारणसभा भएको छ । पुस ७ गते सम्पन्न बैंकको साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेसँगै बैंकका शेयरधनीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजी ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ७ प्रतिशत नगद गरी सो मात्राको लाभांश पाउने छन् । समिक्षा अवधिमा बैंकको कुल निक्षेप २४.५५ प्रतिशतले वृद्धि भई ५९ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । कुल कर्जा २९.१६ प्रतिशतले वृद्धि भई ५५ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । बैंकको वासलातको आकार २४.२४ प्रतिशतले वृद्धि भई ७६ अर्ब २५ करोड रुपैयाँ पुगेको छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार