free website hit counter

१२ सय कर्मचारीको पदस्थापना गरिँदै

beemaadmin
२०७६ पुष ६, आईतवार

काठमाडौं । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई अहिले कर्मचारी पदस्थापनाको चटारो लागेको छ । कर्मचारी समायोजन भएको र पदस्थापनाको काम बाँकी रहेको हुँदा गत असोजदेखिनै विभाग समायोजन भएर विभागमा आएका कर्मचारीहरुलाई पदस्थापना गर्न शुरु गरेको विभागका उपसचिव एवं कर्मचारी प्रशासन शाखाका प्रमुख अर्जुन गौतमले बताउनुभयो । विभागको कार्यक्षेत्रमा १२ सय कर्मचारीहरुको पदस्थापना गर्नुपर्ने रहेको छ । शाखा सहायक संरक्षण अधिकृत ५२ जना, रेञ्जर (सुब्बा) १२४ जना, सिनियर गेम स्काउट (खरिदार) २०२ जना, गेम स्काउट (श्रेणीविहनी) ७६५ र हात्तिसार समूहको ९४ जना गरी करिब १२ सय कर्मचारीको पदस्थापनाको अन्तिम तयारी भइरहेको गौतमले बताउनुभयो । यी कर्मचारीहरुलाई १२ वटा राष्ट्रिय निकुञ्ज, एउटा शिखर आकरक्षण, एउटा वन्यजन्तु आरक्षण र ६ वटा संरक्षित क्षेत्रमा पठाइने उहाँको भनाई थियो । विभागले कर्मचारीहरुलाई भरसक पायक पर्ने र रोजेकै स्थानमा पदस्थापना गरिने नीति रहेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार