free website hit counter

१२ हजार बढीले गरे अभिकर्ताको अनलाइन परीक्षामा उत्तीर्ण

beemaadmin
२०८० चैत्र ३, शनिबार

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सञ्चालन गरेको जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षामा हालसम्म उत्तीर्ण भएका कुल अभिकर्ताको नाम सार्वजनिक गरेको छ । अभिकर्ताको अनलाइन परीक्षा उत्तीर्ण हुनेको संख्या करिब साढे १२ हजार पुगेको छ। फागुन ३० गते पहिलो चरणको परीक्षासम्म १२ हजार ४ सय २६ जनाले अभिकर्ता इजाजतपत्र परीक्षा उत्तीर्ण गरेका छन्। प्राधिकरणले गत कात्तिकदेखि अभिकर्ता इजाजतपत्र वितरण गर्न अनलाइन माध्यमबाट परीक्षा सञ्चालन गर्न सुरु गरेको थियो। प्राधिकरणले कात्तिकको तेस्रो सातादेखि सुरु गरेको परीक्षामा उत्तीर्णहरुलाई अनलाइन माध्यमबाटै प्रमाणपत्र वितरण सुरु गरेको छ।

सम्बन्धित समाचार