free website hit counter

१४ निर्जीवन बीमकले गरे ३० अर्बको व्यापार

beemaadmin
२०८१ बैशाख १५, शनिबार

काठमाडौं । आर्थिक मन्दीको असर सबैतिर देखिएको छ । व्यापार व्यवसाय मात्रै होइन घर जग्गाको कारोबार पनि ठप्प जस्तै भएको छ । तर बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरुले पनि यस्तो अवस्थामा पनि आशातित व्यापार गरिरहेका छन् । चालु आर्थिक वर्षको ९ महिनामा निर्जीवन बीमा कम्पनीहरुले ३० अर्ब रुपैयाँको व्यापार गरेका छन्। चालु आवको चैत मसान्तसम्म १४ वटा निर्जीवन बीमकले २१ लाख ९३ हजार ५४७ वटा पोलिसि बिक्री वापत झन्डै ३० अर्ब बीमाशुल्क संकलन गरेका हुन् । सबैभन्दा धेरै बीमाशुल्क शिखर ईन्स्योरेन्सले संकलन गरेको छ । शिखरले ४ अर्ब २२ करोड ५५ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्दा सगरमाथा लुम्बिनी ईन्स्योरेन्सले ३ अर्ब ५३ करोड ३ लाख रुपैयाँ संकलन गरेको छ । त्यसैगरी, सिद्दार्थ ईन्स्योरेन्सले २ अर्ब ८९ करोड ४ लाख, आईजीआई प्रुडेन्सियलले २ अर्ब ६४ करोड २ लाख र हिमालयन एभरेष्टले २ अर्ब ५४ करोड ८९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । कुल प्रिमियम संकलनमा शिखर इन्स्योरेन्सले मात्रै १४ दशमलब ०९ प्रतिशत प्रिमियम संकलन गरेका छन् भने सगरमाथा लुम्बिनी इन्स्योरेन्स ११ दशमलब ७८ प्रतिशतसहित दोस्रोमा परेको छ भने नेप्सेमा सुचीकृत कम्पनीमध्ये सबैभन्दा कम प्रिमियम संकलन प्रभु इन्स्योरेन्सले ४ दशमलब ४२ प्रतिशत मात्रै गरेको छ । चैत मसान्तसम्म शिखर ईन्स्योरेन्सले २ लाख ४१ हजार ५४८ वटा पोलिसि बिक्री गरेको छ भने सिद्धार्थ प्रिमियम इन्स्योरेन्सले २ लाख ३२ हजार ५७६ वटा पोलिसी बिक्री गरेका छन् । त्यस्तै नेको ईन्स्योरेन्सले २ लाख ३० हजार ४११ वटा, सगरमाथा लुुम्बिनीले २ लाख २३ हजार ६६७ वटा र आईजीआई प्रुडेन्सियलले १ लाख ८३ हजार ९८९ वटा पोलिसि बिक्री गरेको छ । पछिल्लो समय लघु निर्जीवन बीमा कम्पनीहरुले पनि विस्तारै व्यवसाय विस्तार गर्दै लगेका छन् । चालु आवको चैत मसान्तसम्म लघु निर्जीवन बीमा कम्पनीहरुले ६८ हजार ७ सय ७९ वटा पोलिसी बिक्री गरेर १५ करोड ५३ लाख रुपैयाँको व्ययवसाय गरेका छन। लघु निर्जीवन बीमा संलग्न कम्पनीहरुमध्ये नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले ३३ हजार ७ सय ४ वटा पोलिसी बिक्री गरेर ६ करोड ६२ लाख ५० हजार रुपैयाँको व्यापार गरेका छन् जुन कुल लघु निर्जीवन बीमा व्यापारको ५० प्रतिशतभन्दा बढी हो । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले १५ हजार ६ सय २३ वटा पोलिसी बिक्री गरगेर ४ करोड ९८ लाख रुपैयाँ, स्टार माइक्रो इन्स्योरेन्सले १६ हजार ६ सय ८६ वटा पोलिसी बिक्री गरेर ३ करोड २० लाख रुपैयाँ र ट्रस्ट माइक्रो इन्स्योरेन्सले २ हजार ७ सय ६६ वटा पोलिसी बिक्री गरेर ६३ लाख ५४ हजार रुपैयाँ बीमा शुल्क सकलन गरेका छन् ।

सम्बन्धित समाचार

एनएमबि लघुवित्तको नाफामा पहिरो

beemaadmin
२०८१ बैशाख २६, बुधबार

एचआईडिसिएलको नाफा बढ्यो

beemaadmin
२०८१ बैशाख २६, बुधबार