free website hit counter

१६५० को खानामा ३ लाख ८० हजार टिप्स

beemaadmin
२०७९ आश्विन ५, बुधबार

एजेन्सी । ग्राहकले रेष्टुरेन्टमा १३ डलर अर्थात झण्डै १६५० रुपैयाँ को खाना खाएपछि उदारता देखाउँदै महिला वेटरलाई ३ हजार डलर अर्थात् ३ लाख ८० हजार नेपाली रुपैयाँ टिप्स दिए । यो घटनाले निकै चर्चा पायो । तर, अहिले कथा फेरिएको छ । वास्तवमा, टिप्स दिएको केही महिनापछि ग्राहकले आफ्नो मन परिवर्तन गरे र रेस्टुरेन्टबाट पैसा फिर्ता लिनको लागि चार्ज ब्याक क्लेम दायर गरे। तर, रेस्टुरेन्टले पैसा फिर्ता माग्ने ग्राहकविरुद्ध नै मुद्दा दायर गरेको छ ।
द मिररका अनुसार मारियाना ल्याम्बर्ट अमेरिकाको पेन्सिल्भेनियास्थित अल्फ्रेडो क्याफेमा वेटर छिन् । करिब तीन महिनाअघि उनको सिफ्टको क्रममा एक ग्राहकले उनलाई ३ हजार डलर टिप्स दिएका थिए । ग्राहकले १३ डलरको खाना खाएका थिए । एरिक स्मिथ नामका यी व्यक्तिले त्यसपछि भनेका थिए कि उनी अनलाइन अभियान ‘टिप्स फर जीसस’बाट धेरै प्रभावित छन्। त्यही भएर उनले यो निर्णय गरेका हुन् । जब मारियानाले यति ठूलो टिप्स पाइन्, उनी आफैंले पत्याउन सकिनन्। उनी पनि एकपटक छक्क परिन् ।
तर, गत महिना स्मिथले रेस्टुरेन्टलाई पत्र पठाएर टिप्समा दिएको रकम फिर्ता गर्न चाहेको बताए । उनले क्रेडिट कार्डको चार्ज ब्याक नियम अन्तर्गत फिर्ताको दाबी दायर गरे। यसपछि रेस्टुरेन्टले स्मिथसँग फेसबुकमा कुरा गरी यसबारे निष्कर्ष निकाल्ने प्रयास गरेको थियो तर त्यसले काम गरेन । रेस्टुरेन्टले हालै यस विषयमा स्मिथलाई प्रतिक्रिया दिन बन्द गरेको छ। साथै, स्मिथ विरुद्ध मुद्दा पनि दायर गरिएको छ ताकि मुद्दाको फैसला अदालतमा नै होस्।
यस विषयमा रेष्टुरेन्टका म्यानेजर ज्याकरी ज्याकबसनको बयान पनि आएको छ, उनी निकै निराश देखिएका छन् । उनले भने, ‘हामीलाई साँच्चै कसैले राम्रो काम गर्न खोजेको छ भन्ने लागेको थियो तर अहिले तीन महिनापछि उनले यस्तो काम गरे ।’
यस मामिलामा मजिस्ट्रेट अदालतमा मुद्दा दायर गरिएको छ र रेस्टुरेन्टको तर्फबाट भनिएको छ कि त्यतिबेला एरिकले आफैंले यो पैसा टिपको रूपमा दिन चाहेको बताएका थिए।

सम्बन्धित समाचार

सक्रिय जीवन बीमालेख १४.५७ प्रतिशतले वृद्धि

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार

अर्का मान्य पनि कालो सूचिमा

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार

७ महिनामा साढे १२ खर्ब रेमिट्यान्स

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार