free website hit counter

१६ करोडको परेवा अर्मान्डो

beemaadmin
२०७६ आश्विन ३०, बिहीबार

एउटा परेवाको मूल्य १६ करोड पर्छ भन्दा अचम्म लाग्न सक्छ तर त्यो कुरा सत्य हो । पाँच बर्ष मात्र पुरा भएको बेल्जियमको अर्मान्डो नामाकरण गरिएको तेजिलो र अनौठो प्रतिभा भएको रेसिङ परेवाले युरोपियन र ओलम्पिक लगायत तीनवटा राष्ट्रियस्तरको स्वर्ण पदक जितिसकेको छ । संसारभरका परेवाप्रेमीको मन जितेको र आकर्षणको केन्द्रबिन्दू परेको अर्मान्डोलाई जोएल भर्सुट नाम गरेका व्यक्तिले हालै अनलाइन सपिङ वेबसाइटमा बिक्रीका लागि राखेकोमा संसारभरको ध्यान खिचेको थियो जसलाई एक चिनियाँ व्यवसायि तथा परेवा प्रेमीले करिब १६ करोडको हाराकारीमा खरिद गरेको छ ।

अर्मान्डो लगायत अन्य परेवाहरु पनि विक्रीमा राखिएकोमा अन्यको मूल्य अर्मान्डोको भन्दा झण्डै तीन गुणासम्म कम रहेको छ । विश्वभरमा परेवाप्रेमीहरु मझ रेसिङ परेवाको चासो हुने गर्दछ । सन् २०१८ मा ‘एस पिजन च्याम्पियनसिप’ र २०१९ मा ‘ओलम्पियाड’ तथा ‘एंगोलोमी’ प्रतियोगिता जितेको अर्मान्डो संसारकै महँगो धावक परेवा बन्न पुगेको हो ।

परेवालाई सन्देश वाहकका रूपमा प्रयोग हुँदै आएको इतिहासमा पाइन्छ । जर्मनी औषधी पुर्याउने काममा परेवा प्रयोग गरेको पनि उल्लेख छ । युद्वको बेला सूचना प्राप्त गर्ने काममा पनि परेवाको प्रयोग हुँदै आएको पाइन्छ । साहित्य कलामा प्रेमीहरुमाझ परेवा मार्फत आफ्ना मनको भावना समेटिएको सन्देश पुर्याउने कार्यमा पनि परेवाको प्रयोग हुँदै आएको पाइन्छ । तर हाल इन्टरनेटको बढ्दो प्रभावले परेवाको अन्य विषयमा प्रयोग हुने कुरा विरलै बने तापनि परेवा दौड भने जारी छ ।

विश्वमा परेवा दौडको कुरा आँउदा बेल्जियमको नाम निकै महत्वपूर्णसँग आउने गर्दछ सो मुलुकमा १९ औं शताब्दीमा नै परेवाको व्यवसायमा धेरैले रुची लिएको पाइन्छ हाल पनि परेवा संकलन पालन र दौडमा बेल्जियमका परेवा प्रेमीहरुको संलग्नता बढी नै पाइन्छ । परेवा दौडको विषय भने दोस्रो विश्वयुद्धपछि बेलायतबाट सुरु भएको पाइन्छ । १६ करोड हालेर रेसिङ परेवा खरिद गर्ने चिनियाँ व्यवसायिले त्यसै खरिद गरेका होइनन । चीनमा हाल परेवा दौडको लहर निकै पाइन्छ ।

सम्बन्धित समाचार