free website hit counter

१९ प्रतिशतले बढ्यो ग्लोबल आईएमई लघुवित्तको नाफा

beemaadmin
२०८१ कार्तिक २७, मंगलवार

काठमाडौं । चालू आवको पहिलो त्रैमास अर्थात् असोज मसान्तसम्म ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले ४ करोड ४ लाख ७७ हजार रुपियाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा लघुवित्तको नाफा ३ करोड ४० लाख रुपियाँ थियो । गत वर्षको तुलनामा लघुवित्तको नाफा १९ प्रतिशतले बढेको हो । समीक्षा अवधिमा लघुवित्तले १३ करोड ७१ लाख रुपियाँ खुद ब्याज आम्दानी गरेको छ, जुन गत आवमा १५ करोड ५७ लाख रुपियाँ थियो । त्यस्तै, असोज मसान्तसम्म लघुवित्तले २ करोड २२ लाख रुपियाँ नेट फि एण्ड कमिसन इनकम, १५ करोड ९४ लाख रुपियाँ कुल सञ्चालन आम्दानी र ५ करोड ७८ लाख रुपियाँ सञ्चालन नाफा गरेको छ । यसअवधिमा लघुवित्तको वितरणयोग्य नाफा २४ लाख ५२ हजार रुपियाँ छ । ६१ करोड ८९ लाख रुपियाँ चुक्ता पुँजी रहेको लघुवित्तको सञ्चित नाफा भने ५४ करोड ३४ लाख रुपियाँ पुगेको छ । समीक्षा अवधिमा लघुवित्तले ३ अर्ब १२ करोड ६४ लाख रुपियाँ निक्षेप संकलन गरी ९ अर्ब ८४ लाख रुपियाँ कर्जा लगानी गरेको छ । नाफा बढेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी २१.९८ रुपैयाँबाट बढेर २६.१६ रुपियाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १८७.८० रुपियाँ र मूल्य आम्दानी अनुपात ५०.४६ गुणा रहेको छ । यस अवधिमा लघुवित्तको खराब कर्जा ४.७६ प्रतिशतबाट घटेर ४.३५ प्रतिशतमा झरेको वित्तीय विवरणमा उल्लेख छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार