free website hit counter

१९ हजार बीमा दाबीमध्ये १२ सयको मात्र भुक्तानी

beemaadmin
२०७७ कार्तिक २५, मंगलवार

काठमाडौँ । सरकारले निर्देशन दिए पनि कोरोना बीमाको दाबी भुक्तानी सहज हुन सकेको छैन । कोरोना बीमाको दाबी भुक्तानीमा आनाकानी गर्दै आएका बिमा कम्पनीहरूले अर्थमन्त्रीको निर्देशनपछि भुक्तानीलाई तीव्र पार्ने बताए पनि आइतबारसम्म २ हजार ६ सय वटाको मात्र भुक्तानी भएको छ ।

लामो समयसम्म दाबी भुक्तानी नदिएको भन्दै चौतर्फी विरोध भएपछि गत साता सरकारले सात दिनभित्र भुक्तानी दिन बिमा कम्पनीलाई निर्देशन दिएको थियो । पछिल्ला तीन दिनमा थप १ हजार २ सय वटा दाबी भुक्तानी भइसकेको बिमक संघको तथ्यांक छ ।

गत बिहीबारअघिसम्म करिब १ हजार ४ सय वटाको मात्र दाबी भुक्तानी भएको थियो ।भदौयता सरकारी अस्पतालमा गरिएको कोरोना परीक्षणको रिपोर्ट हेरेर भुक्तानी दिए पनि निजी प्रयोगशालाका रिपोर्टले दाबी भुक्तानी पाएका थिएनन् ।

कारोना बिमा मापदण्ड, ०७७ मा आवश्यक कागजात पुगेका बिमितले बढीमा सात दिनभित्र भुक्तानी पाइसक्नुपर्ने प्रावधान छ । संशोधित मापदण्डमा बिमा पुल ९बिमक संघ० बाट मात्र दाबी भुक्तानी गर्न एकद्वार नीतिको व्यवस्था गरिएको छ । त्यसको व्यवस्थापन शिखर इन्स्योरेन्सले गरेको छ ।

बीमक संघका अनुसार आइतबारसम्म १ लाख ५६ हजार ५ सय ८७ वटा बिमालेखमार्फत १७ लाख ४ हजार १ सय ७१ जनाले बिमा गरेका छन् ।

सो बिमाबाट ९८ करोड ३३ लाख ७९ हजार ८ सय ६८ रुपैयाँ संकलन भएको छ । जसमध्ये २१ करोड २० लाख ५४ हजार ६ सय ८९ रुपैयाँ गत भदौ २८ पछि भएको बिमाबाट संकलन भएको बिमा शुल्क हो । सो अवधिमा १५ हजार १ सय ८७ बिमालेखमार्फत ३ लाख ५५ हजार २ सय १८ जनाको बिमा भएको छ ।

सम्बन्धित समाचार