free website hit counter

१ अर्ब १८ करोड बीमा शुल्क उठाएको शिखर इन्स्योरेन्सको मुनाफा पनि बढ्यो

beemaadmin
२०७७ भाद्र १, सोमबार

काठमाडौं । शिखर इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण पस्किँदै गर्दै कम्पनीको अवस्था सार्वजनिक गरेको छ । वित्तीय विवरणअनुसार कम्पनीको मुनाफा ६.३९ प्रतिशतले बृद्धि भएको देखिएको छ भने अन्य सूचांकहरुमा पनि प्रगति देखिएको छ । कम्पनीले गत आवमा ६.३९ प्रतिशत मुनाफा बृद्धि गर्दै ४५ करोड १ लाख ८४ हजार ६४३ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीले ४२ करोड ३१ लाख ३६ हजार १५८ रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

कम्पनीको कूल चुक्ता पूँजी एक अर्ब पाँच करोड ७३ लाख रुपैयाँ रहेको छ । शिखर इन्स्योरेन्स कम्पनीले खुद बीमा शुल्क एक अर्ब १८ करोड ५४ लाख ६८ हजार ५७१ आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ७.८३ प्रतिशतले घटी हो । अघिल्लो वर्ष एक अर्ब २८ करोड ६१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेकोमा यस वर्ष कोरोना महामारीका कारण सरकारले घोषणा गरेको लकडाउनपछि सर्वसाधारणहरु घरबाट बाहिर निस्कन नपाएपछि बीमा व्यवसाय सहित सबै क्षेत्र प्रभावित भएको थियो । कोरोनाको सामान्य असर शिखर इन्स्योरेन्समा देखिएको छ । यद्यपि कूल बीमा शुल्क आर्जन भने बृद्धि भएको छ । कम्पनीको कूल बीमा शुल्क आर्जन ।

Advertisement
Advertisement

०६ प्रतिशतले बृद्धि भएको छ । कम्पनीले अघिल्लो आवमा तीन अर्ब ५१ करोड ९३ लाख ३९ हजार ५६३ रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेकोमा गत आवमा तीन अर्ब ५२ करोड १६ लाख ५० हजार ७८६ रुपैयाँ आर्जन गरेको छ । शिखर इन्स्योरेन्सले यस वर्ष कूल साढे तीन अर्बभन्दा बढिको बीमा कारोबार गर्न सफल भएको छ । गत आवमा कम्पनीले दुई लाख ५९ हजार ५७४ वटा बीमालेख जारी गरेको छ । अघिल्लो वर्ष तीन लाख तीन हजार ५९१ वटा बीमालेख जारी गरेको थियो । त्यस्तै, कम्पनीले ६२ हजार २६५ वटा बीमालेख नविकरण गरेको छ । अघिल्लो वर्ष ६४ हजार ९७४ वटा बीमा पोलिसी नविरकण गरेको थियो ।

Advertisement
Advertisement

शिखर इन्स्योरेन्स कम्पनीले समीक्षा अवधीमा ८७ करोड ४७ लाख १५ हजार १०३ रुपैयाँ दावी भुक्तानी गरेको छ । अघिल्लो वर्षको तुलनामा दावी भुक्तानी २२ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष एक अर्ब १२ करोड ६९ लाख ५५ हजार ५३९ रुपैयाँ दावी भुक्तानी गरेको थियो ।

सम्बन्धित समाचार