free website hit counter

१ खर्ब तरलता थपियो, ब्याजदर घट्ने

beemaadmin
२०८० भाद्र ४, सोमबार

काठमाण्डौ । सरकारले स्थानीय निकायको पैसालाई निक्षेपमा गणना गर्न दिने पुरानो व्यवस्थालाई पुनः ब्यूँताएको छ । अर्थमन्त्री डा। प्रकाशशरण महतले मन्त्रीस्तरीय निर्णयबाट स्थानीय निकायको पैसा बैंकहरुलाई निक्षेपको रुपमा गणना गर्न दिने पुरानो व्यवस्थालाई ब्यूँताएका हुन् । केही समयअघिसम्म स्थानीय निकायको फण्डमध्ये ८० प्रतिशत रकमलाई बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपको रुपमा गणना गर्न पाउँथे । यसले बैंकहरुलाई सीडी रेसियोको व्यवस्थापनमा सहजता भएको थियो । तर, यो व्यवस्था साउन १ गतेदेखि खारेज गरिएको थियो । यो व्यवस्था खारेज भएसँगै बैंकहरुबीच सीडी रेसियोको व्यवस्थापनकै लागि समेत निक्षेप खोसाखोसको दौड चलेको थियो । परिणाम स्वरुप भदौका लागि ब्याजदर घटाउनुपर्नेमा १२ वटा वाणिज्य बैंकले बढाएका थिए । ४ वटाले स्थिर राखेका थिए भने सीडी रेसियो केही सुविधाजनक अवस्थामा रहेका अन्य ४ बैंकले मात्र साउनको तुलनामा ब्याजदर घटाएका थिए । कर्जा निक्षेप अनुपात सीडी रेसियोको सकसमा रहेका बैंकहरुले ब्याजदर बढाउँदा आफ्नो अभियानै असफल हुने देखेपछि मन्त्री डा। महतले अब स्थानीय निकायको फण्ड निक्षेपको रुपमा गणना गर्न पाउने व्यवस्था ब्यूँताएका हुन् । अर्थमन्त्रीको निजी सचिवालयका एक सदस्यका अनुसार अब बैंकहरुले स्थानीय निकायको फण्डमध्ये ६० प्रतिशत रकमलाई निक्षेपको रुपमा गणना गर्न पाउनेछन् । यस्तो व्यवस्था आगामी चैत मसान्तसम्मका लागि गरिएको ती अधिकारीले जानकारी दिए । अर्थमन्त्रालयले एकैपटक यो व्यवस्था हटाउँदा बैंकहरुलाई सीडी रेसियो मेन्टेन गर्न सकस पर्ने र यसले ब्याजदरको अस्वस्थ प्रतिस्पर्धा हुने विश्लेषणसहित यस्तो निर्णय गरेको हो । ती अधिकारीकाअनुसार अर्थमन्त्रीको यो निर्णयबाट बैंकहरुमा करिब १ खर्ब तरलता थपिनेछ । यसले बैंकहरुलाई थप कर्जा बिस्तार गर्ने सुविधा प्राप्त हुनेछ । ब्याजदरको बढाउने प्रतिस्पर्धा नहुने हुँदा सस्तो दरमा कर्जाको माग बढ्ने अपेक्षा गरिएको छ । यो व्यवस्थापछि बैंकहरुको आधारदर पनि केही कम हुने र यसले अन्ततः कर्जाको ब्याजदर सस्तो बनाउने कार्यमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गर्न सकिन्छ । हुन त केही दिनअघि अर्थमन्त्रीले वाणिज्य बैंकका सबै सीइओहरुलाई छलफलका लागि डाकेका थिए । सोही छलफलमा नेपाल बैंकर्स संघ (एनबीए) को तर्फबाट स्थानीय निकायको फण्ड कम्तीमा ५० प्रतिशत नै भए पनि निक्षेपमा गणना गर्न दिइनुपर्ने माग उठेको थियो । तर, अर्थमन्त्रीले भने त्योभन्दा अझ एक कदम अगाडि बढेर ६० प्रतिशत फण्डलाई निक्षेपको रुपमा गणना गर्न दिने व्यवस्था गरिदिएका हुन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार