free website hit counter

१ लाख माथि पुग्यो सुनको भाउ

beemaadmin
२०७८ फाल्गुन २२, आईतवार

सुनको भाउ आइतबार तोलाको १ लाख रुपैयाँमाथि पुगेको छ। यस दिन सुन एकैदिन तोलामा २ हजार रुपैयाँले बढेर १ लाख रुपैयाँमाथि पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आइतबार छापावाला सुन प्रतितोला १ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख १ हजार ४०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ। गत शुक्रबारसम्ममा छापावाला सुन प्रतितोला ९९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको थियो।
पछिल्लो समय रुस र युक्रेनविच चर्किएको द्धन्द्धको कारण अन्तराष्ट्रिय बजारमा सुनको भाउ महंगिदै गएको छ। यसै कारण नेपालमा पनि सुन महँगिदै गएको हो। यस्तै आइतबार चाँदी पनि तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ।

सम्बन्धित समाचार