free website hit counter

१ वर्षको बच्चालाई २९ करोडको औषधि चलाइयाे, के हो त्यस्तो औषधि ?

beemaadmin
२०७८ पुष २२, बिहीबार

एजेन्सी । मानिसमा देखिने स्वास्थ्य समस्या पनि थरि थरिका छन् । बेलायतको एक बच्चालाई संसारकै सबैभन्दा महँगो औषधि दिइएको छ । उक्त औषधिको मूल्य करीब २९ करोड रुपैयाँ पर्दछ । एक वर्षको उक्त बच्चाको नाम एडवर्ड हो । एडवर्ड स्नायु सम्बन्धी निकै जटिल तथा दुर्लभ रोगबाट पीडित छन् । उक्त रोगको नाम स्पाइनल मस्कुलर एट्रोफी अर्थात् एसएमए हो । यो रोगबाट पीडित हुने बच्चामा मांशपेशीको विकासका लागि आवश्यक प्रोटिनको कमी हुन्छ ।
यो रोग लागेका बच्चा न त बस्न सक्दछन् न त उभिन नै । यो रोगको उपचार निकै कठिन तथा महँगो छ । तर त्यहीँ महंगो उपचार एडवर्डको हकमा भने सुरु गरिएको छ । उनको उपचारमा प्रयोग गरिएको संसारको सबैभन्दा महँगो औषधि Zolgensma हो । यो औषधिको माध्यमबाट मांसपेशीका लागि आवश्यक प्रोटिनको अभाव पूरा गरिन्छ । मेरुदण्डका हड्डीहरू यो औषधिको प्रभावले मजबूत हुन थाल्दछन् । जसका कारण मानिस उभिन तथा बस्न सक्ने हुन्छ । वास्तवमा यो एक प्रकारको जिन थेरापी नै हो । एडवर्डलाई गत अगष्ट महीनामा यो औषधिको पहिलो डोज दिइएको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार