free website hit counter

१ सय १९ पत्रकारको कोरोना बीमा

beemaadmin
२०७७ जेष्ठ १०, शनिबार

काठमाडौं । कोरोना संक्रमणका बीचमा पनि आम नागरिकलाई सूसुचित गर्ने अभियानमा अग्र मोर्चामा खटिएका सञ्चारकर्मी पनि कोरोनाको जोखिममा परेका छन् । त्यही जोखिमका बीचमा नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समिति अन्तर्गत काठमाडौं भक्तपुर र ललितपुर जिल्लाका ११९ पत्रकारको कोभिड पत्रकार बीमा गरिएको छ ।
नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितका महासचिव श्रीजन झाको पहल एवम् मिसन मिडिाया कल्वको आर्थिक सहयोगमा प्रतिपत्रकार रु एक लाखको कोरोना बीमा गराएको हो । उपत्यका प्रदेश समितका महासचिव झाका अनुसार आफ्नो प्रदेश अन्र्तगतका जिल्ला आवद्ध क्रियाशील पत्रकारको बीमाका लागि मिसन मिडिया क्लवले ११९ जनाको बीमा शुल्क तिर्न सवै आर्थिक सहयोग गरेको जानकारीदिँदै बीमाका लागि प्रतिव्यक्ति रु ६ सय तिरिएको जानकारी दिनुभएको छ ।
उक्त बीमानुसार कुनै पत्रकार कोभिड १९ संक्रमित भएमा बीमा कम्पनी सगरमाथा इन्स्योरेन्सले रु १ लाख सम्बन्धित पत्रकारलाई उपलब्ध गराउने महासचिव झाले बताए । यसअघि कोभिड संक्रमणको बढ्दो जोखिम संगै मिसन मिडिाया क्लवका अध्यक्ष समेत रहेका उपत्यका प्रदेश समितिका महासचिव झाले बीमा कार्यक्रम घोषणा गर्नु भएको थियो । मुलत जोखिमको यस विषम अवस्थामा पत्रकार निरन्तर खटिरहनुपर्ने भएकाले सुरक्षाको प्रत्याभूती दिन क्लवसंग सहकार्य गरिएको जानकारीदिदै संस्थागत रुपमा क्लवको तर्फबाट पत्रकारको बीमा गराउने अवसर महासंघ उपत्यका प्रदेशले क्लवलाइ अवसर प्रदान गरेकोमा क्लव आफैमा गौरवाम्वित भएको क्लवका कोषाध्यक्ष रिना महर्जनले बताए ।
त्यस्तै दोस्रो चरणमा थप २५१ जनाको पनि कोभिड पत्रकार विमाको आवश्यक तयारी लगभग पूराभइसकेको क्लवले जनाउँदै नामावली संकलनको आव्हानको गर्ने तयारी भइरहेको जनाएकोछ ।

सम्बन्धित समाचार