free website hit counter

२००% हकप्रद जारी गर्दै घलेम्दी हाइड्रो

beemaadmin
२०७९ चैत्र २४, शुक्रबार

काठमाण्डौ । घलेम्दी हाइड्रो लिमिटेडले आफ्नो नवौँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको चैत २३ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो वैशाख १६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको नयाँबजारस्थित सासा ब्यांक्वेटमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ। सभाले कम्पनीको १ः२ अर्थात चुक्तापुँजीको २०० प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। उक्त हकप्रद सेयर बिक्रीबाट संकलन भएको रकम छुजुङ खोला जलविद्युत आयोजनामा ६३ मेवा लगानी गर्ने सञ्चालक समितिको निर्णय सभाले अनुमोदन गर्नेछ। हकप्रद सेयर जारी गर्ने कार्य गर्दा विद्युत नियमन आयोग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, कम्पनी रजिस्ट्रारको कार्यालयलगायत नियमनकारी निकायमा आवश्यक कार्य गर्न कम्पनी सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ। सभाले कम्पनीको पुँजी वृद्धि गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। सभाले आर्थिक वर्ष २०७८–७९को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ। वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले आउँदो वैशाख ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ वैशाख ६ गतेसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीको वार्षिक साधारणसभामा भाग लिन पाउनेछन्।

सम्बन्धित समाचार

अर्का मान्य पनि कालो सूचिमा

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार

७ महिनामा साढे १२ खर्ब रेमिट्यान्स

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार

सेबोनको कारबाहीमा परे तीन ब्रोकर

beemaadmin
२०८२ फाल्गुन २७, बुधबार