free website hit counter

२२ वर्षीया युवतीको हत्या अभियोगमा १५ र १६ वर्षका किशोर पक्राउ

beemaadmin
२०७७ बैशाख १५, सोमबार

रुकुम  । १५, १६ वर्षका किशोर ज्यान मारेमो आशंकामा पक्राउ परेका छन् ।  रुकुम (पूर्व) मा एक युवतीको हत्या आरोपमा दुई किशोर प्रहरीको नियन्त्रणमा छन् । पुथाउत्तरगंगा गाउँपालिका –८ खराङकी २२ वर्षीया दिलकुमारी सेनको हत्याको आरोपमा शनिबार सोही ठाउँका १५ र १६ वर्षीय दुई किशोर पक्राउ परेका हुन् । अभियुक्तले दाउराका लागि रुख ढाल्ने क्रममा वनबाट दाउरा लिएर घर फर्कँदै गरेकी सेनलाई च्यापेको थियो । शनिबार साँझ जिल्ला अस्पताल रुकुमकोटमा उपचारका क्रममा सेनको मृत्यु भएपछि अनुसन्धानका लागि दुई किशोरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश गुरुङले बताए । घटनाको अनुसन्धानका लागि उनीहरुलाई  आज जिल्ला अदालतमा पेश गरी पाँच दिनको म्याद थप गरिएको प्रहरी निरीक्षक गुरुङले जानकारी दिए । १८ वर्षमुनिका  भएकाले प्रहरीले उनीहरुको नाम सार्वजनिक गरेको छैन । उनीहरुको मुद्दा बाल इजालसमा सुनुवाइ हुने प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार