free website hit counter

२४ वर्षकी सामाजिक कार्यकर्ताको दिनदहाडै हत्या हुँदा परिवार किन चुप ?

beemaadmin
२०७८ पुष ५, सोमबार

एजेन्सी। मान्छेको सनक कसैको लागि काल बदिदिन्छ । पाकिस्तानको कराची सहरमा एक महिला सामाजिक कार्यकर्ताको चक्कु प्रहार गरेर हत्या गरिएको छ । पुलिसका अनुसार महिलाको हत्यामा उनका एक छिमेकी जिम्मेवार छन् । उनका ती छिमेकीलाई नशाको लत छ । यो घटना मंगलबार दिउँसो न्यू कराचीमा भएको हो । पुलिसका अनुसार २४ वर्षकी सबा असलम आफ्नो घरबाट कहीँ जानको लागि बाहिरि निस्किएका बेला यो आक्रमण भएको हो ।

समाजसेवी संस्था छिपा वेलफेयरको एम्बुलेन्समा उनलाई अब्बासी शहीद अस्पताल लगिएको थियो । अस्पतालमा डाक्टरहरुले उनलाई मृत घोषित गरे । छिपा वेलफेयरका एक कार्यकर्ताका अनुसार मंगलबार दिउँसो साढे १२ बजेतिर एम्बुलेन्स घटनास्थलमा पुग्दा सबा असलम जमिनमा लडेकी थिइन् । स्थानीयले बताएअनुसार सबा असलम घरबाट बाहिर निस्किनासाथ मोटरसाइकलमा आएका २ जना नकाबधारीहरुले उनको पिठ्युँमा धारिलो हतियारले आक्रमण गरे जसका कारण उनको मृत्यु भयो ।

यो घटनामा सबा असलमको परिवारको तर्फबाट कुनै एफआइआर दर्ता गरिएको छैन । परिवारले एफआइआर दर्ता नगरेपछि राज्य सरकारले आफ्नो तर्फबाट हत्याको एफआइआर दर्ता गरेको छ । न्यू कराचीकी सबा असलमले ५ वर्ष पहिले अनीसा वेलफेयर नामको एक संस्थाको स्थापना गरेकी थिइन् । यो संस्थाले धेरैजसो बाल श्रम र विधवाहरुको लागि काम गर्छ । असलमको संस्थाको तर्फबाट चिकित्सा शिविरहरु आयोजना गरिन्छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार