free website hit counter

२५ वर्षे युवकको हत्यामा ७२ वर्षीय पुजारी संलग्न

beemaadmin
२०७८ असार ९, बुधबार

बारा । धर्मको रक्षा गर्ने अन्याय हुन नदिने व्यक्ति भनेको पुजारी हो । तर त्यही पुजारी अपराधमा लाग्छ भने के भन्ने ? बारामा प्रहरीले २५ वर्षीय युवाको हत्या आरोपमा ७२ वर्षीय पुजारीसहित दुई जनालाई पक्राउ गरेको छ। बिश्रामपुर गाउँपालिका २ भरवलिया टोल बस्ने २५ वर्षीय भादो भन्ने वीरेन्द्र बैठालाई कुटपिट गरी हत्या गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा फेटा गाउँपालिका घ फुलवरिया टोल बस्ने ३५ वर्षीय पारस महतो धानुक र बिश्रामपुर गाउँपालिका २ बरैनिया टोल बस्ने ७२ वर्षीय दास बाबा भन्ने वीर बहादुर यादव रहेका छन् । असार ३ गते बिहान बिश्रामपुर गाउँपालिका २ बरैनिया बजारमा कुटपिट गरी हत्या गरेको अवस्थामा बाटो छेउमा बैठाको शव फेला परेको घटनाको थप अनुसन्धानका लागि तालिम प्राप्त कुकुर सहित तत्काल जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले हत्यामा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । मृतक वीरेन्द्रले असार ३ गते विश्रामपुर गाउँपालिका २ बरैनिया बजारस्थित हुनमान मन्दिमा गाँजा तथा पैसा चोरी गर्ने उदेश्यले आएको बखतमा मन्दिरका पुजारी वीरबहादुले टाउँकोमा चिपिया (साधुले प्रयोग गर्ने फलामको चिम्टा)ले प्रहार गर्दा घाइते भई लडेपछि विरेन्द्रलाई सोही मन्दिरमा सुत्ने गरेका पारस समेतले बाँसको भाटाले प्रहार गरी उनको हत्या पश्चात अपराधबाट बच्ने उदेश्यले शव उक्त बजारमा लगि फालेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । उनीहरु उपर ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार