free website hit counter

२९ प्रतिशत बोनस सेयर वितरण गर्दै एनआइसी एसिया

beemaadmin
२०८० भाद्र २९, शुक्रबार

काठमाण्डौ । एनआइसी एशिया बैंकको बिहीबार बसेको बोर्ड बैठकले आज शुक्रबार लाभांश घोषणा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको बोर्ड बैठकमा आज पुनः बैठक बस्ने र लाभांश घोषणा गर्ने सहमति बनेको हो । बैंकका एक सञ्चालककाअनुसार शुक्रबार घोषणा हुने लाभांशको विषयमा समेत मोटामोटी सहमति बनेको छ । उनकाअनुसार एनआइसी एशिया बैंकका अधिकांश सञ्चालकहरु २९ प्रतिशत बोनस सेयर घोषणा गर्नुपर्नेमा सहमत देखिएका छन् । २९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक नगद लाभांश समेत दिने गरी निर्णय आउनसक्ने स्रोतले बतायो । एनआइसी एशिया बैंकसँग यो पटक ३१ प्रतिशतभन्दा केही बढी लाभांश दिनसक्ने क्षमता थियो । तर, राष्ट्रबैंकले उसको ब्यालेन्ससिटलाई प्रारम्भिक स्वीकृति दिने क्रममा केही रकम पुनः प्रभिजनमा राख्नुपर्ने निर्देशन दिएपछि केही घटेर लाभांश घोषणा गर्ने तयारी गरिएको हो । पूँजीकोष अनुपात टाइट भएपछि थप व्यवसाय विस्तार गर्न नसकेको एनआइसी एशिया बैंकले विगत ३ आर्थिक वर्षदेखि सेयरधनीलाई लाभांश बाँड्न पाएको छैन । पूँजीकै कारण बैंकले योपटक करबाहेक नगद लाभांशमा जोड गर्ने अवस्था छैन । बोनस सेयर जारी गरेर पूँजी बढाई बैंक थप व्यवसाय विस्तार गर्ने रणनीतिमा छ । यहीकारण समेत घोषित लाभांशमा करबाहेक सबै बोनस सेयर नै आउने बताइएको छ । हाल एनआइसी एशिया बैंक दोश्रो बजारमा मूल्यको हिसाबले ‘लिडर बैंक’ हो । यो बैंकको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ८१९ रुपैयाँ रहेको छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार