free website hit counter

२ महिनामा साढे २ अर्वको बीमा पोलिसी सरेन्डर

beemaadmin
२०८२ कार्तिक १, शनिबार

काठमाडौं । व्यवसायिक इमान्दारिता भन्दा पनि व्यक्तिगत स्वार्थ हावी भएपछि कुनै पनि व्यवसाय सफल हुन सक्दैन । अभिकर्ताकै आचारमा चल्ने जीवन बीमा व्यवसायमा सबैभन्दा ठूलो समस्या भनेको पोलिसी सरेन्डर नै बनेको छ । पछिल्लो समय आफ्नो ल्याकत भन्दा बढीको बीमा गराउने र त्यसलाई निरन्तरता दिन नसक्ने बीमीतको संख्या बढ्दै गएको छ । यो अवस्था आउनुमा सबैभन्दा ठूलो
जिम्मेवारी अभिकर्ताले लिनुपर्ने हुन्छ । चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो दुई महिना साउन र भदौमा मात्सरै १५ हजार ८९८ बीमितले २ अर्ब ५० करोड ७ लाख रुपैयाँ पोलिसी सरेण्डर अर्थात बीमालेख समर्पण गरेका छन् । चालु आवको २ महिनामा भएको पोलिसी सरेण्डर रकम गत आवको सोही अवधिको तुलनामा ९.१८ प्रतिशतले र पोलिसी सरेण्डर संख्या १९.४७ प्रतिशतले घटेको छ । प्राधिकरणले प्रकाशन गरेको बीमा प्रतिबिम्मअनुसार गत आवको यही अवधिमा १९ हजार ७४१ बीमितले २ अर्ब ७५ करोड ३३ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर गरेका थिए । दुई महिनाको अवधिमा तोकिएको समयमा पोलिसी नवीकरण र किस्ता नतिर्ने बीमितको संख्यामा वृद्धि भएको छ । प्राधिकरणको तथ्यांकअनुसार चालु आवको २ महिनामा १२ लाख १३ हजार ५६२ बीमालेख व्यतित भएका छन् । उक्त संख्याको बीमालेख व्यतित हुँदा ३६ अर्ब ४३ करोड ४७ लाख रुपैयाँ बीमा कम्पनीलाई घाटा भएको छ । गत आवको यही अवधिमा ११ लाख ८० हजार ६१६ बीमालेख व्यतित भएका थिए । व्यतित बीमालेख रकम ३४ अर्ब ६७ करोड ६९ लाख रुपैयाँ थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार