free website hit counter

२ वर्षयताकै उच्च विन्दुमा पुग्यो नेप्से

beemaadmin
२०८१ असार ३१, आईतवार

काठमाडौं । प्रिओपन सेसनबाटै दोहोरो अंकले बढेको शेयर बजार तीव्र उतार चढावपछि ५२ अंकले बढेर बन्द भएको छ । साताको पहिलो दिन आज नेप्से परिसूचक ५२।९७ अंकले बढेर २२५७।५९ बिन्दुमा रोकियो । आज प्रि(ओपन सेसनमै १ लाख ८० हजार ५१ कित्ता शेयरको खरिदबिक्री हुँदा ६ करोड ८२ लाख ७३ हजार रूपैयाँको कारोबार भएको थियो । भने, शेयर बजार खुलेको २ मिनेटमै ८६ अंकले बढेर २२९० बिन्दुमा पुगेको थियो । आइतबार २ करोड २० लाख ४७ हजार ३२७ कित्ता शेयरको खरिदबिक्री हुँदा ७ अर्ब ६२ करोड ४ लाख ९८ हजार रूपैयाँको कारोबार भयो । आज रिदिपावर कम्पनी लिमिटेड र माण्डु हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् । दुवै कम्पनीको शेयरमा सकारात्मक सर्किट लगेको छ । २४ करोड २७ लाख ५८ हजार रूपैयाँको कारोबारका साथ जानकी फाइनान्स कम्पनी लिमिटेड शीर्ष स्थानमा रह्यो । आइतबार बजार पुँजीकरण ३५ खर्ब ८० अर्ब बढी पुगेको छ । आइतबार नेप्से परिसूचक दुई वर्षयताकै उच्च बिन्दुमा पुगेको हो । गत वर्ष साउन ७ गतेमात्रै २२२७ बिन्दुमा पुगेको थियो ।

सम्बन्धित समाचार