free website hit counter

३५१७ जनामा कोरोना संक्रमण, उपत्यकामै १८८८ संक्रमित, ९२० ले ज्यान गुमाए

beemaadmin
२०७७ कार्तिक १४, शुक्रबार

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५ सय १७ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ४ हजार ९६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख २८ हजार ९ सय ५८ पुगेको छ। पछिल्लो २४ घन्टामा १६ जना कोरोना संक्रमितको मुत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९२० पुगेको छ।

पछिल्लो २४ घण्टामा थप ४ हजार ९६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। योसँगै नेपालमा एक लाख २८ हजार ८ सय ५८ जना संक्रमित उपचारपछि निको भएका छन्।

उपत्यकामै १८८८ संक्रमित
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १८८८ कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा १ हजार ५ सय ८, भक्तपुरमा १३१ र ललितपुरमा २४९ जना थप संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५१७ जना संक्रमित भएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ६८ हजार २३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

मृतकको संख्या ९२० पुग्यो
पछिल्लो २४ घण्टामा देशभर १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पतालमा उपचाररत १६ जना कोरोना संक्रमितको मृत्यु भएको हो। सछिल्लो २४ घण्टामा देशभर ३ हजार ५ सय १७ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको छ।

सम्बन्धित समाचार