free website hit counter

३६० सिटको विमानमा एक्लै सरर…..

beemaadmin
२०७८ जेष्ठ १७, सोमबार

एजेन्सी । सधैं बसिरहेको घरमा एक्लै परियो भने कोठा धङधङ गर्छ भने हिँड्दा घरै थर्किन्छ । तर ३६० जना यात्रु बोक्ने विमानमा कोही एक्लै प¥यो भने उसको हालत के होला ? इमिरेट्स एयरलाइन्सको एक विशाल बोइङ ७७७ विमानमा एक जना मात्रै यात्रुले यात्रा गरेको विषय अहिले चर्चामा छ । विमानमा एक्लै यात्रा गर्ने यात्रु अहिले सबैको चासोको विषय बनेका छन् । ती यात्रु को हुन् ? किन उनी मात्रै एक्लैले विमानमा यात्रुको रुपमा यात्रा गर्न पाए । एक्लै यात्रा गर्दा उनको अनुभव कस्तो रह्यो ? यस्ता धेरै प्रश्नहरु धेरै जनाको मनमा छन् । बीबीसीका अनुसार ती यात्रु भावेश जवेरी हुन् । उनले १९ मे २०२१ का दिन बिहान मुम्बइबाट दुबईको यात्रा गरेका थिए । दुबइमा बस्ने भावेश आफ्नो व्यवसायको सिलसिलामा मे महिनाको पहिलो हप्ता मुम्बइ आएका थिए । काम सकेर दुबइ फर्किनको लागि उनले १० दिन पहिले टिकट बुकिङ गरेका थिए । पहिले उनी धेरैजसो बिजनेस क्लासमा यात्रा गर्थे तर महामारीका कारण उनलाई जहाजमा भीड हुँदैन होला जस्तो लाग्यो र उनले इकोनोमी क्लासको टिकट बुक गरे । १८ हजार रुपैयाँमा उनको टिकट बुक भयो ।
१९ मेका दिन बिहान साढे ४ बजेको उडान थियो । अन्तर्राष्ट्रिय विमान यात्रा नियमअनुसार उनी आधा रातमा विमानस्थल पुगे । चेक इन गर्ने समयमा थाहा भयो उनी विमानमा यात्रा गर्ने एक्ला यात्रु हुन् । केहीबेर उनी आफैंलाई आफू एक्लो यात्रु भएको विश्वास भएन । केही समयपछि उनलाई पक्का भयो यो सपना होइन वास्तविकता हो । उनी विगत २० वर्षदेखि दुबइमा बस्दै आएका छन् । यस बीचमा उनले कैयौं पटक मुम्बइ र दुबइको यात्रा गरे । तर, यो ‘सुखद संयोग’ उनको जीवनमा पहिलो पटक भएको थियो । दुबइबाट बीबीसीसँग कुरा गर्दै उनले भने ‘म आम रुपमा भिडियो बनाउँदिन । क्यामेरामा देखिन पनि हिच्किचाउँछु । तर यो यात्रालाई मैले आफैं आफ्नो मोवाइलमा खिचें । म सधैंको लागि यो यादलाई साथमा राख्न चाहन्थें । चेक इनपछि एयरपोर्टको गेटदेखि फ्लाइटसम्म मलाई त्यसैगरी अटेन्ड गरियो जसरी अरु दिन यात्रा गर्दा गरिन्थ्यो । इमिरेट्स फ्लाइटका स्टाफको लागि पनि यो पूरै अलग अवसर थियो । विमानमा पस्नासाथ क्रु सदस्यले ताली बजाएर स्वागत गरे । पाइलट ककपिटबाट निस्केर स्वयं भेट्न आए । मजाकमा उनले पूरा विमान घुम्न पनि अफर गरे ।’
इमिरेट्सको फ्लाइट इके ५०१ जसमा भावेशले मुम्बइदेखि दुबइसम्मको यात्रा गरे । त्यो ३६० सिट भएको बोइङ ७७७ विमान थियो । उड्डयन विशेषज्ञ राजेश हांडाका अनुसार मुम्बइदेखि दुबइको उडान अढाइ घण्टाको छ । यसमा लगभग २५ टन इन्धन खर्च हुन्छ । एयरलाइन्सले केवल इन्धनका लागि मात्रै १२ देखि १८ लाख खर्च गरेको हुनुपर्छ । यदि पूरै यात्राको खर्च निकाल्ने हो भने २० देखि २५ लाखसम्म हुन सक्छ । तर, एक जना यात्रुको लागि एयरलाइन्सले यति धेरै खर्च किन गर्छ रु यो प्रश्न भावेशको दिमागमा पनि आएको थियो र उनले स्वयं क्रु सदस्यसँग यसबारे सोधेका थिए । भावेशले भने ‘खासमा मलाई यो कुरा पहिले नै लागिरहेको थियो कि विमानमा धेरै भीड हुने छैन । कोरोना महामारीका कारण भारतबाट जानेहरुलाई युएइमा कैयौं प्रतिबन्ध लगाइएका छन् । अहिले केवल गोल्डेन भिसा भएका, युएइका नागरिक र कूटनीतिज्ञलाई मात्रै भारतबाट युएइ जाने अनुमति छ । केवल यी तीन वर्गका यात्री मात्रै व्यवसायिक उडानमा दुबइ जान सक्छन् । दुबइबाट मुम्बइ जाने यात्रुलाई मुम्बइ पुर्याएपछि यसै पनि यो विमान खाली फर्किन्थ्यो । मैले बुकिङ गराएर राखेको थिएँ त्यसैले मैले पनि यसमा दुबइ आउन अनुमति पाएँ ।’
भावेश पेशाले हीरा व्यापारी हुन् । उनी स्टारजेम्स ग्रुपका सीइओ हुन् । दुबइमा पत्नी र २ छोराछोरीसँग बस्छन् । ३६० सिटको जहाजमा एक्लै यात्रा गरेको उनको भिडियो दुबइ र मुम्बइको ह्वाट्सएप ग्रुपमा भाइरल भइरहेको छ । यो यात्रालाई उनी सुन्दर अनुभव मान्छन् । उनका अनुसार यस्ता अवसर जीवनमा कोहीकोहीले मात्र जीवनमा एक पटक पाउँछन् । पैसाले यस्तो खुसी शायदै किन्न सकिन्थ्यो । उनले भने ‘मेरो फ्लाइट आधा रातको थियो त्यसैले मेरो निद्रा पूरा भएको थिएन । म पूरा यात्रामा सुत्न चाहन्नथें तर म निदाएँ । परिवारलाई मैले दुबइ पुगेपछि मात्रै मेरो साथमा के भयो भनेर बताएँ ।’

सम्बन्धित समाचार