free website hit counter

३७ अर्ब नजिकको बीमालेख भएन नविकरण

beemaadmin
२०८२ मंसिर १९, शुक्रबार

काठमाण्डौ । हतारमा जीवन बीमा गर्ने तर त्यसलाई निरन्तरता नदिने समस्या जीवन बीमाको सबैभन्दा ठूलो रोग बनेको छ । बीमा कम्पनीहरुमा नविकरण नभएका बीमा पोलिसीको संख्या थपिदै गएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको ४ महिनासम्ममा जीवन बीमा कम्पनीहरुमा नविकरण नभएका बीमा पोलिसी संख्या १२ लाख १७ हजार ७०२ पुगेका छन् । जुन यो गत आवको सोही अवधिसम्मको तुलनामा ०.९७ प्रतिशत बढी हो । गत आवको चार महिनासम्ममा नविकरण नभएका पोलिसी संखया १२ लाख ५ हजार ९६२ रहेको थियो । प्राधिकरणका अनुसार कात्तिक मसान्तसम्ममा कुल ३६ अर्ब ७७ करोड ८५ लाख रुपैयाँ बराबरको बीमा पोलिसी नविकरण भएका छैनन् । यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा ४।६९ प्रतिशत बढी हो । गत आवको कात्तिक मसान्तसम्म यस्तो रकम ३५ अर्ब १३ करोड २ लाख रुपैयाँ थियो । बीमा कम्पनीहरुमा पोलिसी समयमै नविकरण नहुदा पोलिसी नै ल्याप्स हुने र बीमाको सुरक्षा वा कभरेज नहुने जस्ता समस्या देखिन्छ । पछिल्लो समय बीमितहरुमा बीमा चेतनाको कमी हुनु र आर्थिक अवस्था राम्रो नहुनुले बीमा कम्पनीहरुमा पोलिसी रिन्यु नगर्ने परम्परा बढ्दै गएको छ । साथै केही हदसम्म बीमा अभिकर्ताहरुले कमिसनको प्रलोभलमा बीमितको आर्थिक अवस्था नबुझि ठूलो रकमको पोलिसी भिडाउने प्रवृत्तिले गर्दा पनि पोलिसी नविकरण नभएको देखिन्छ । साथै अभिकर्ताहरुले गराएको बीमाको पोलिसी बीमितहरुलाई अनुकूल नदेखिनु, बढी प्रिमियम र कम कभरेजको महसुस वा अन्य कम्पनी÷योजनामा आकर्षण देखिदा पनि पोलिसी नविकरण नहुने समस्या देखिदै गएको बीमा कम्पनीका सीइओहरु बताउँछन् । बीमा कम्पनीहरुमा नविकरण नभएको पोलिसी संख्या र रकम बढ्दै गएपनि सरेण्डर गर्नेको संख्या र रकम भने घट्दै गएको छ । प्राधिकरणका अनुसार सो अवधिसम्म कुल २९ हजार ४५९ वटा पोलिसी सरेण्डर भएका छन्, जुन यो गत आवको सोही अवधिसम्मको तुलनामा १८।१४ प्रतिशत कम हो । गत आवको सोही अवधिसम्म बीमा कम्पनीहरुमा ३५ हजार ९८५ वटा पोलिसी सरेण्डर भएका थिए । यता पोलिसी सरेण्डर रकम पनि गत आवको तुलनामा ६।२७ प्रतिशतले घटेको छ । कात्तिक मसान्तसम्म कुल ४ अर्ब ५२ करोड ६९ लाख रुपैयाँ बराबरको पोलिसी समर्पण भएको छ । गत आवको कात्तिक मसान्तसम्म भने ४ अर्ब ८२ करोड ९७ लाख रुपैयाँ बराबरको पोलिसी समर्पण भएका थिए । सरेण्डरदर घटेपनि बीमा कम्पनीहरुमा नविकरण नभएको पोलिसी संख्या र रकम भने बढ्दै गएको छ । यसले बीमा कम्पनीहरुको व्यवसायमा प्रभाव पार्ने देखिन्छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार