free website hit counter

३७ लाख खर्च गरेकी गर्लफ्रेण्ड ब्रेकअप दिनु पर्ने कारण

beemaadmin
२०७९ भाद्र २८, मंगलवार

एजेन्सी । भनिन्छ नि प्रेम अन्धो हुन्छ त्यसैले त प्रेममा ठूला घटना हुने गर्दछन् । आमा र परिवारका अन्य सदस्यले प्रेमिकालाई मन नपराएको भन्दै एक युवकले आफ्नी प्रेमिकासँग सम्बन्ध तोडेका छन् । तर, ब्रेकअप हुनुअघि ती पुरुषले प्रेमिकाको लागि करिब २३ लाख रुपैयाँ खर्च गरेका थिए । युवती आफैले भिडियो सार्वजनिक गरेर यो कुरा खुलाएकी छिन् । पिया ब्लोसमले टिकटक भिडियोमा यो सम्पूर्ण घटनाबारे बताएकी छिन् । एक्सको कार्यका कारण उनले पुरुषको बारेमा पनि कडा टिप्पणी गरिन्। पियाले भनिन्– पुरुषहरु भ्रममा पर्छन् । द सनका अनुसार भिडियोमा पियाले भनिन्, ‘ब्रेकअप हुँदा एक्सले पहिला ममाथि करिब १५ लाख र त्यसपछि २२ लाख रुपैयाँ खर्च गरेको थियो । स्पष्ट रूपमा एक्स धेरै धनी छ र यो खर्चले उसलाई धेरै असर गरेको थिएन।’
पियाले थप भनिन् ‘मलाई लाग्छ एक्स धनी छन् किनभने उनको कार धेरै विलासी छ। यसबाहेक कुनै विशेष अवसर बिना पनि उनी मलाई महँगो ठाउँमा लैजान्थे । जुन हप्ताको हाम्रो ब्रेकअप भयो त्यो हप्ताको सुरुमा उनले मलाई धेरै महँगो उपहारहरू ल्याउन थाले। मलाई यो पूर्णतया अनौठो लाग्यो।’
पियाले भनिन्– ‘अचानक उनलाई मेरो घरको वार्डरोब, ओछ्यान, ऐना र किताबको अलमारी मन परेन । उनले सम्बन्धको अन्तिम हप्तामा सबै कुरा परिवर्तन गरे। उनले पुरानाको सट्टा नयाँ चीजहरू ल्याए।’ यी सबै कुरा मिलाएर ब्रेकअपको दिन आयो । पियाले भनिन्–‘मलाई हाम्रो सम्बन्ध निकै राम्रो मोडमा पुगेको महसुस भयो । म सोचिरहेको थिएँ कि मेरो लागि यति धेरै खर्च गरेर पनि किन कसैले मसँग ब्रेकअप गर्ला ? यो धेरै अनौठो थियो।’
पियाले ब्रेकअप अघि भएको खर्चको बारेमा सोध्दा ती व्यक्तिले ‘म छोड्नुअघि तिम्रो फ्ल्याट र अन्य कुरा मिलाउन चाहन्छु’ भने । पियाले ब्रेकअपको कारण सोध्दा एक्सले आफ्नी आमा र परिवारका अन्य सदस्यलाई पिया मन नपर्ने बताए । भिडियो पोष्टमा पियाले लेखेकी छिन्–‘मेरो भगवान एक्सले ब्रेकअप हुनुअघि मलाई लग्जरी बेडसिट, गहना र भर्सेसको झोला किनेका थिए । पुरुषहरू भ्रमित हुन्छन्।’

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार