free website hit counter

३९ अंकले बढ्यो सेयर बजार

beemaadmin
२०८१ चैत्र १२, बुधबार

काठमाडौं । बुधबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक ३९.१३ अंकले बढेर २६२१.८६ बिन्दुमा पुगेको छ । आज २३१ कम्पनीको मूल्य बढ्दा १२ कम्पनीको मूल्य घटेको छ । बुधबार ३१७ कम्पनीको ९१ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २० करोड रुपैयाँ बढीको करोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । हिमालयनको ४१ करोड रुपैयाँ बढीको कारोबार भएको छ । साथै, नेपाल रिइन्स्योरेन्सको ३१ करोड, गार्डियन माइक्रोलाइफको २२ करोड, नारायणी डेभलपमेन्ट बैंकको ११ करोड र युनाइटेड मोदी हाइड्रोको १० करोड रुपैयाँ बढीको कारोबार भएको छ । आज सबै सेक्टरका सूचकमा हरियाली छाएको छ । अन्य र जीवन बीमा सेक्टर सबैभन्दा धेरै २–२ प्रतिशतले बढेको छ । बैंकिङ १.१५, विकास बैंक १.१९, फाइनान्स १.७५, होटल तथा पर्यटन १.७८, हाइड्रोपावर १.७०, लगानी १.६७, जीवन बीमा २.०६, उत्पादन ०.९८, माइक्रोफाइनान्स १.३०, निर्जीवन बीमा १.७५, अन्य २.०९ तथा व्यापार १ प्रतिशतले बढेको छ ।

सम्बन्धित समाचार

अराजकता मच्चाउने १०५ जना समातिए

beemaadmin
२०८१ चैत्र १५, शनिबार

सुनको मूल्य हालसम्मकै उच्च

beemaadmin
२०८१ चैत्र १४, शुक्रबार