free website hit counter

३९ अंकले बढ्यो सेयर बजार

beemaadmin
२०८१ चैत्र १३, बुधबार

काठमाडौं । बुधबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक ३९.१३ अंकले बढेर २६२१.८६ बिन्दुमा पुगेको छ । आज २३१ कम्पनीको मूल्य बढ्दा १२ कम्पनीको मूल्य घटेको छ । बुधबार ३१७ कम्पनीको ९१ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २० करोड रुपैयाँ बढीको करोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । हिमालयनको ४१ करोड रुपैयाँ बढीको कारोबार भएको छ । साथै, नेपाल रिइन्स्योरेन्सको ३१ करोड, गार्डियन माइक्रोलाइफको २२ करोड, नारायणी डेभलपमेन्ट बैंकको ११ करोड र युनाइटेड मोदी हाइड्रोको १० करोड रुपैयाँ बढीको कारोबार भएको छ । आज सबै सेक्टरका सूचकमा हरियाली छाएको छ । अन्य र जीवन बीमा सेक्टर सबैभन्दा धेरै २–२ प्रतिशतले बढेको छ । बैंकिङ १.१५, विकास बैंक १.१९, फाइनान्स १.७५, होटल तथा पर्यटन १.७८, हाइड्रोपावर १.७०, लगानी १.६७, जीवन बीमा २.०६, उत्पादन ०.९८, माइक्रोफाइनान्स १.३०, निर्जीवन बीमा १.७५, अन्य २.०९ तथा व्यापार १ प्रतिशतले बढेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार