free website hit counter

३ नर्स, ४२ सशस्त्र प्रहरीसहित ५० जनालाई कोरोना

beemaadmin
२०७७ भाद्र २, मंगलवार

चितवन । कोरोना संक्रमणको अवस्था झन झन भयावह बन्दै गएको छ । दिनदिनै सयौंको संख्यामा संक्रमित थपिनेक्रममा छन् भने मृत्युको ग्राफ पनि उकालो लागेको छ । चितवनमा ४२ सशस्त्र प्रहरीसहित थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको प्रयोगशालामा सोमबार राति गरिएको परीक्षणमा चितवनमा नै बस्दै आएका ४६ जना र विभिन्न अस्पतालमा उपचारका लागि आएका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पूर्वी चितवनको राप्ती नगरपालिका–६ भण्डारामा रहेको सशस्त्र प्रहरीको गणमा ४२ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा ४० पुरुष र २ महिला छन् । सशस्त्र प्रहरीको विपद् व्यवस्थापन गण ३ नम्बर बाहिनीका संक्रमितहरु १९ देखि ५५ वर्ष उमेर समूहका छन् ।

कुल ६० जनाको परीक्षण गर्दा ४२ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित सशस्त्र प्रहरीमध्ये १५ जनामा लक्षण देखिएको छ भने अन्यमा कुनै लक्षण नदेखिएको बताइएको छ । एकैपटक यति धेरै सशस्त्रमा संक्रमण पुष्टि भएपछि उनीहरुलाई आइसोलेसनमा राख्न समस्या भएको छ । यसअघि सोही गणमा कार्यरत ८ जनामा संक्रमण पुष्टि भएको थियो । उनीहरुमध्ये दुई जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ भने अन्य ६ जना सोही गणमा छन् ।

भरतपुर महानगरपालिका वडा नम्वर ५, ७, ८ र १० नम्वर वडाका ४ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुको भरतपुर अस्पताल र सेन्ट्रल अस्पतालबाट नमूना संकलन गरिएको थियो । भरतपुर सेन्ट्रल हस्पिटलका तीन जना नर्ससहित पाँच संक्रमित छन् । दुई जना सफाइ गर्ने सहयोगी हुन् । यस्तै कोभिड १९ प्रयोगशालामा गरिएको नमूना परीक्षणका क्रममा मकवानपुरका १, बाराका २ र गोरखाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुको भरतपुरको सेन्ट्रल अस्पताल, आशा अस्पताल र पुष्पाञ्जली अस्पतालबाट नमुना लिइएको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार