free website hit counter

३ महिनापछि प्रधानमन्त्री र सभामुखको भेटघाट

beemaadmin
२०७७ चैत्र १६, सोमबार

काठमाडौं । पार्टी एकता सर्वोच्चले भंग गरिदिएपछि दुई पार्टी बनेका सभामुख र प्रधानमन्त्रीको सम्बन्ध सुध्रन नसक्दा संसदले राम्रो रोजगारी पाएको छैन । यसरी सभामुख र प्रधानमन्त्रीबीच सम्बन्ध चिसिएको बेला प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच बालुवाटारमा भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा संसदमा प्रभावकारी बनाउने विषयमा कुरा भएको सभामुख सापकोटाले सचिवालयले जनाएको छ।

फागुन ११ मा संसद पुनर्स्थापना भई २३ गतेबाट हिउँदे अधिवेशन सुरु भएपछि सभामुखले प्रधानमन्त्री भेट्न समय मागेका थिए। चैत ९ गते आफ्नै कार्यकक्षमा पत्रकारहरु अनौपचारिक कुराकानीमा सभामुख सापकोटाले शिक्षा मन्त्री लीलानाथ श्रेष्ठ र एमाले प्रमुख सचेतक विशाल भट्टराई मार्फत प्रधानमन्त्रीसँग भेटका लागि समय मागेको बताए। सको छ दिनपछि आइतवार सभामुख सापकोटाले बालुवाटारमा प्रधानमन्त्रीसँग भेट पाएका हुन्।

भेटमा संसदलाई प्रभावकारी बनाउने र थाँती रहेका अध्यादेश र महत्वपूर्ण विधेयकलाई अगाडि बढाउने विषयमा सकारात्मक छलफल भएको सभामुखको सचिवालयले जानकारी दिएको छ। भेटमा सभामुखले पछिल्लो राजनीतिक परिस्थितिबारे आफूले सर्वदलीय बैठक बोलाउन लागेको जानकारी पनि गराएका थिए। पुस ५ मा प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि सभामुखसँग सम्बन्ध चिसिएको थियो। विघटनपछि दुबैबिच औपचारिक कुराकानी हुन सकेको थिएन।

त्यसमाथि संवैधानिक आयोगमा नियुक्तिविरुद्ध सभामुख मुद्दा लिएर अदालत नै गएपछि प्रधानमन्त्री ओली असन्तुष्ट बनेका थिए। ओलीले पछिल्लो समयमा सभामुखको भूमिका तटस्थ नभएको, सरकारका अध्यादेश सदनमा रोकेको आरोप लगाउँदै आएका छन्। मुद्दा लिएर अदालत गएको सम्बन्धमा ओलीले सभामुखलाई झगडिया बनेको आरोप समेत लगाउने गरेका छन्। फागुन २३ बाट सुरु भएको सं‌सद बैठकमा सरकारले ल्याएका ७ वटा अध्यादेश पेश हुन सकेको छैन भने दलीय आधारमा सम्बोधन पनि प्रभावित भएको छ।

सम्बन्धित समाचार