free website hit counter

४० हजारले गरे कोरोना बीमा, २ करोड संकलन

beemaadmin
२०७७ बैशाख २६, शुक्रबार

काठमाडौं । कोरोना महामारी जारी रहेकै बेला नियामक निकाय बीमा समितिको सक्रियतामा शुरु भएको कोरोना बीमा प्रति निकै उत्साह देखिएको छ । लगातारको लकडाउनकै बेला जन्मिएर हुर्किरहेको यो बीमालेखले ४० हजार मानिसलाई समेटिसकेको छ । बीमा समितिको पछिल्लो तथ्यांक अनुसार कोरोना बीमालेख खरिद गर्नेको संख्या करिब ४० हजार पुगेको छ। पुलबीमा मार्फत संचालनमा आएको कोरोना बीमामा ३९ हजार ४१५ जना समेटिएका छन्। बैशाख २४ गते बुधबारसम्ममा राष्ट्रिय बीमा कम्पनी बाहेक १९ निर्जीवन बीमा कम्पनीहरुले २ हजार ७१६ बीमालेख मार्फत ३९ हजार ४१५ जनालाई कोरोना बीमामा समेटेका हुन्। त्यसबाट २ करोड १४ लाख रुपैयाँ कुल बीमाशुल्क सङ्कलन भएको छ।

निर्जीवन बीमा कम्पनीहरुले बीमा समितिको निर्देशन अनुसार वैशाख १२ गतेदेखि कोरोना बीमालेख बिक्री शुरु गरेका थिए। सबै निर्जीवन बीमा कम्पनीहरुले कोरोना बीमालेखमा हाल विद्यमान रहेको घातक रोग सरहको हुने गरी व्यवस्था गरेको छ। उक्त बीमा अन्तर्गत क र ख बीमाङ्क कायम गरिएको छ। कम्पनीहरुले एक लाख रुपैयाँ र ५० हजार रुपैयाँ बीमाङ्कको दुई बीमालेख जारी गरेका हुन्। एक लाख बीमाङ्कका लागि व्यक्तिगत रुपमा बीमा गर्दा प्रति व्यक्ति एक हजार रुपैयाँ र सम्पूर्ण परिवारको सदस्यको समेत गर्ने गरी बीमा समावेश भएमा प्रतिव्यक्ति ६ सय रुपैयाँ बीमाशुल्क कायम गरिएको छ।

यस्तै, ५० हजार रुपैयाँ कुल बीमाङ्क रकमको लागि प्रतिव्यक्ति ५ सय रुपैयाँ र परिवारको सम्पूर्ण सदस्यको बीमा गर्दा प्रतिव्यक्ति ३ सय रुपैयाँ बीमा शुल्क निर्धारण गरिएको छ। दाबीका लागि भने बीमा शुरु भएको १५ दिनसम्म प्रतिक्षा अवधि रहनेछ। दाबी भुक्तानीका लागि कोरोना भाइरस पुष्टि हुने पीसीआर नतिजा पोजेटीभ हुन साथ दाबीमा गर्न सकिनेछ। अनलाइन आवेदनमार्फत बीमालेख जारी गर्न सकिने गरि व्यवस्था गरिएको छ। साथै, जुनसुकै निर्जीवन बीमा कम्पनीको नजिकको शाखा कार्यालय, बजार विभागका कर्मचारी बीमा अभिकर्ता वा प्रधान कार्यलयमा सोझै सम्पर्क गरी बीमालेख खरिद गर्न सकिने व्यवस्था गरेको छ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार