free website hit counter

४२ महिनादेखि जुटमिल्सका कर्मचारीले पारिश्रमिकबिहीन

beemaadmin
२०७६ पुष ४, शुक्रबार

काठमाडौं । बिराटनगर जुटमिल्समा अति आवश्यक कर्मचारीको रुपमा भर्ना गरिएका ४६ जना श्रमिक कर्मचारीहरुले २०७३ जेठ महिनादेखिनै पारिश्रमिक पाएका छैनन् । डेडिकेटेड लाइनको अभाव, मिल्सको आफ्नै आम्दानीको स्रोत नभएको र उद्योग मन्त्रालयले पनि मिल्स सञ्चालनका लागि कुनै पहल र आर्थिक सहयोग उपलब्ध नगराउँदा मील बन्द रहँदै आएको छ । मील सञ्चालनमा नआउँदा आम्दानी नभएको हुँदा मिल्सको नेतृत्वले कार्यरत कर्मचारीहरुलाई पारिश्रमिक उपलब्ध गराउन सकेको छैन ।

केही समय अघि बसेको मिल्स सञ्चालक समितिको बैठकले कार्यरत कर्मचारीहरुलाई पारिश्रमिक उपलब्ध गराउन आवश्यक बजेटको माग गर्दै उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयमा पत्राचार गरेको भए पनि मन्त्रालयले यस सन्दर्भमा कुनै कारबाही गरेको छैन । विगत लामो समयदेखि पारिश्रमिक नपाएपछि ट्रेड युनियन काँग्रेस मोरङका जिल्ला उपाध्यक्ष तारानाथ तिमिल्सिनाको नेतृत्वमा मिल्समै कार्यरत ४६ जना कर्मचारीको हालसम्मको २ करोड ५० लाख पारिश्रमिक उपलब्ध गराउन तथा मिल्स सञ्चालको दीर्घकालीन उपायको लागि संघीय सरकारका विभिन्न निकायमा ध्यानाकर्षण गराउने काम भएको छ ।

तिमिल्सिनाको नेतृत्मवा बिहीबार उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, राज्यमन्त्री मोती दुगड, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर यादव र उद्योग सचिव यमकुमारी खतिवडालाई ज्ञापनपत्र बुझाउने काम भएको छ । ज्ञानपत्र बुझेपछि समस्या समाधानका लागि पहल गर्ने आश्वासन पाइएको तिमिल्सिनाले बताए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार