free website hit counter

४ महिनापछि बल्ल जेलबाहिर

beemaadmin
२०७७ माघ १०, शनिबार

मुम्बई । लागूऔषध केशमा जेल परेकी अभिनेत्री रागिनी द्विवेदी ४ महिनापछि छुटेकी छिन् । ४ महिनाअघि सेप्टेम्बरमा ड्रग्स केसमा पक्राउ परेकी रागिनीलाई  भारतको सर्वोच्च अदालतले जमानत दिएको हो ।

कन्नड फिल्मकी अभिनेत्री रागिनीले यसअघि २ पटक जमानतका लागि आवेदन दिएकी थिइन् तर अदालतले रद्द गरिदिएको थियो । उनलाई क्राइम ब्रान्चको टिमले ४ सेप्टेम्बरमा पक्राउ गरेको थियो । टाइम्स अफ इण्डियाका अनुसार यसअघि ३ नोभेम्बरमा कर्नाटक उच्च न्यायालयले रिगिनीसहित अन्य २ जनालाई जमानत नदिने फैसला सुनाएको थियो ।

तल्लो अदालतको यो फैसलालाई बिहीबार सर्वोच्च अदालतले रद्द गरेको हो । रागिनी मोडल र कन्नड फिल्मकी चर्चित अभिनेत्री हुन् । उनी २००८ मा फेमिना मिस इण्डियाकी उपविजेता हुन् । २००९ मा वीर मदकरी फिल्मबाट करिअरको सुरुवात गरेकी रागिनीले केम्पे गौडा, शिव, बंगारी, रागिनी आइपिएस लगायतका फिल्ममा काम गरेकी छिन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार