free website hit counter

५० प्रतिशतले मात्रै पाउँछन् प्रभु लाइफको शेयर

beemaadmin
२०७७ पुष ३, शुक्रबार

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ आवेदन गर्नेको संख्या अध्यतिक भएपछि झण्डै ५० प्रतिशतले मात्रै शेयर पाउने देखिएको छ । प्रभु इन्स्योरेन्सको आईपीओमा करिब साढे १० लाख आबेदन दिएका छन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार १० लाख ४४ हजार आवेदनबाट २ करोड ७७ लाख शेयरको लागि आवेदन परेको छ । यो कम्पनीले सर्वसाधरणलाई निष्काशन गरेको ५४ लाख कित्ताको ५.१२ गुणा बढी हो । यो बिहिबार ४ः३० बजेसम्मको प्राम्भिक तथ्यांक भएकोले अझै आबेदन गर्नेको संख्या बढ्न सक्ने सिद्धार्थ क्यापिटलले जनाएको छ । कम्पनीले सोमबारदेखि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्काशनमा ल्याएको हो । त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता शेयरमा सर्वसाधारणले निष्काशनमा ल्याएको थियो ।

माग भन्दा बढी आबेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार न्युनतम १० कित्ताका दरले शेयर बाँडफाँड हुनेछ । त्यस अनुसार ५ लाख ४० हजार आबेदकले मात्रै न्युनतम १० कित्ता पाउनेछन् । त्यस अनुसार करिब ५० प्रतिशतले शेयर नपाउने देखिन्छ ।

सम्बन्धित समाचार