free website hit counter

५० रुपैयाँमा बलात्कार, दबाउन १० लाख

beemaadmin
२०७७ बैशाख २७, शनिबार

कैलाली । ५० रुपैयाँ दिएर एक किशोरीलाई बलात्कार गर्ने ६८ वर्षका वृद्ध पक्राउ परेका छन् । कञ्चनपुरमा १५ वर्षकी किशोरीमाथि बलात्कारको आरोपमा ६८ वर्षका वृद्ध पक्राउ परेका हुन् । घटना वैशाख २ गतेको भए पनि आपसी रुपमै दबाउन खोजिएको सो घटना प्रहरीले पत्ता लगाएको हो । जिल्लाको भीमदत्त नगरपालिका– ११ भुजेलाका तारादत्त जोशीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरेको हो । किशोरीलाई ५० रुपैयाँ दिई बलात्कार गरेको पीडित पक्षले प्रहरीलाई बताएको छ । वृद्धले घटना सार्वजनिक नगर्न भन्दै पीडित पक्षलाई १० लाख रुपैयाँ दिएको प्रहरीले बताएको छ । पीडित पक्षलाई दिएको १० लाख रुपैयाँको चेकसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले प्रवक्ता रवीन्द्र पौडेलले घटनाबारे अनुसन्धान भरहेको बताए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार