free website hit counter

५ लाखको सेक्स डल चोरेर भाग्दा…

beemaadmin
२०७७ माघ ३०, शुक्रबार

एजेन्सी। चोरी चकारीका घटना पनि कस्ता अनौठा हुन्छन् सुन्दै आशर्य लाग्दो । अस्ट्रेलियाको एक पसलबाट जीवित मानिसको आकारको सेक्स डल चोरी भएको छ । मेलबर्न शहरमा भएको यो पसलबाट दुई चोरे आधा रातमा एक सेक्स डल चोरी गरेका छन् जुन घटना सीसीटिभी क्यामेरामा रेकर्ड भएको छ । डेलीस्टारको रिपोर्टअनुसार यो सेक्स डलको नाम किट्टी हो र यसको मूल्य ४ हजार ५ सय डलर (सवा ५ लाख नेपाली रुपैयाँ) थियो । यो डलको तौल करिब ४५ किलो थियो ।

चोरहरुले फलामको डण्डीले पसलको झ्याल फुटाएर पसलमा पसेका थिए । यी चोरहरुले डलका साथै १० हजार डलर बराबरका भाइब्रेटरसहितका अन्य यौनसम्बन्धि सामग्रीहरु चोरी गरेका छन् । पुलिसका अनुसार चोर पसलबाट डल लिएर बाहिर निस्किँदा हडबडीमा डलको टाउको ढोकामा ठोक्किएर टाउको छुट्टिएको सीसीटिभीमा देख्न सकिन्छ ।

चोरले टाउको छोडेर बाँकी शरीर मात्रै लिएर फरार भएका छन् । पुलिसका अनुसार १६८ सेन्टिमिटर अग्लो यो डलको टाउको पसलको पार्किङमा भेटिएको छ । अस्ट्रेलियामा सेक्स डल चोरी भएको यो पहिलो घटना होइन ।

यसअघि पनि २०१७ मा चोरहरुले डोरोथी नामको सेक्स डल चोरी गरेका थिए । डोरोथीको मूल्य पनि किट्टीको बराबर ४ हजार ५ सय डलर थियो । पछिल्लो समय सेक्स डल चर्चामा छन् । केही महिनाअघि कजाखस्तानका एक बडीबिल्डरले पनि सेक्स डलसँग बिहे गरेर चर्चामा आएका थिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार